शुक्रबार, भदौ २७, २०८२

सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २६ वर्षीया महिलालाई गोली हानी भारततर्फ नै भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनको शव भारतपट्टी भेटिएकाले भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपाल प्रहरीले पनि घटनाबारे बुझिरहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी देवप्रसाद गौतमले बताए ।

महिलालाई दुई राउन्ड गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक महिलाको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

महिलाको शव दशगजा पारि भारतीय भूमिमा भेटिएकाले पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको गौतमले जानकारी दिए । कान्तिपुर बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?