शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
अखिल (छैठौं)को बैठक पाल्पामा सम्पन्न असोजमा राष्ट्रिय परिषद हुने
झिमरुक पोस्ट
सोमवार, साउन ८, २०८०
काठमाडौँ । अखिल (छैठौं) को राष्ट्रिय परिषद् आगामी २०८० असोज १२ र १३ गते केन्द्रीय क्याम्पस कीर्तिपुर (काठमाडौँं) मा हुने भएको छ ।
यही साउन ५ र ६ गते पाल्पाको सदरमुकारम तानसेनमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष देवेन्द्र कुँवरद्वारा साउन ७ गते जारी प्रेसविज्ञप्तिमा केन्द्रीय समितिले गरेका विभिन्न निर्णय सार्वजनिक गरिएको छ ।
देशको शैक्षिक अवस्था गम्भीर रहेको, विश्वविद्यालय राजनैतिक दलका अखाडा बनेको बताउँदै प्रेसविज्ञप्तिमा सो कारणले युवाशक्तिको विदेश पलायन बढ्दै गएकोमा त्यसलाई रोक्न सरकारसित माग गरिएको छ ।
त्यस्तै, देशमा प्रतिगमन र साम्राज्यवादको हस्तक्षेप बढ्दै गइरहेकोमा त्यसको विरोध गरिएको छ ।
महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको बताउँदै विज्ञप्तिमा भ्रष्टाचार विरुद्ध सरकारको कदमलाई समर्थन गरिएको छ । भ्रष्टाचारको छानबिनबाट पछि नहट्न युनियनले खबरदारी गरेको छ ।
त्यसैगरी प्रेसविज्ञप्तिमा सङ्गठनसित सम्बन्धित विभिन्न निर्णय गरिएको जानकारी दिइएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“हाम्रो युनियनको सातौँ केन्द्रीय समितिको बैठक यही साउन ५ र ६ गते पाल्पाको तानसेनमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।
१. बैठकले देशको वर्तमान शैक्षिक अवस्थाको गम्भीर समीक्षा गरेको छ । विश्वविद्यालयहरूको शैक्षिक नीति, योजना, पाठ्यक्रम, परीक्षा प्रणाली, नतिजा प्रकाशन जस्ता विषय दाताको अनुदान केन्द्रित भएको छ । विश्वविद्यालयहरू दलका राजनैतिक अखडा र कार्यकर्ता नियुक्ति गर्ने थलो बन्दै गएका छन् । शिक्षाप्रणाली देश, काल, माटो, भूगोल र हाम्रो आवश्यकताअनुकुल नहुँदा विद्यार्थीहरूमा चरम निरासा, शिक्षा र विश्वविद्यालयप्रति वितृष्णा उत्पन्न भएको छ, जसको कारण आज ठुलो सङ्ख्यामा युवाशक्ति विदेश पलायन भइरहेको छ र यो तुरुन्त रोकिने स्थिति छैन । यस्तो खालको लहरले एकातिर देश युवाविहीन हुँदै छ र क्याम्पस विद्यार्थीविहीन हुँदै छन् भने अर्कोतिर, ठुलो मात्रामा नेपाली रुपैयाँ विदेश गइरहेको छ । हामीले राज्य र विश्वविद्यालयको यस प्रकारको गलत नीतिको कडा शब्दमा आलोचना गर्दछौँ र तुरुन्त यो स्थितिलाई रोक्न आवश्यक कदम चाल्न अनुरोध गर्दछौँ ।
२. देशमा प्रतिगमन र साम्राज्यवादको बढ्दो प्रभावको विषयमा हाम्रो ध्यान आकृष्ट भएको छ । देशको गणतन्त्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट आक्रमण भइरहेका छन् । गत संसदीय निर्वाचनमा अमेरिकाले नेपालमा घुसपैठ गरी आफ्नो दल निर्माण गरेर प्रत्यक्ष रूपले नै चुनावमा सहभागी भएको कुरा विस्तारै प्रमाणित हुँदै छ । उसले आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्न सक्दो प्रयत्न गरिरहेको छ । भारतीय साम्राज्यवादले आफ्नो नयाँ संसद् भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतको नक्सा प्रकाशित गरेर आफ्नो चरित्र प्रदर्शन गरेको छ । हामीले त्यसको विरोध गर्दछौँ ।
३. वर्तमान सरकारले महङ्गी नियन्त्रणमा कुनै काम गर्न सकेको छैन । आर्थिक सूचाङ्कहरू कमजोर स्थितिमा छन् । प्रदेश सरकारहरू भ्रष्टाचारका अखडा हुनुबाहेक अरू कुनै काम छैन तर सरकारले हाल कतिपय भ्रष्टाचारसँग सम्बन्धित विषयमा गरिरहेको कामको हामीले समर्थन गर्दछौँ । ती घटनाले राजनैतिक दलको आडमा कतिसम्म निकृष्ट र घटिया तरिकाले भ्रष्टाचार हुन्छ भन्ने कुराको सङ्केत गर्दछ । यस प्रकारका अरू थुप्रै काण्डमा दलको उच्च नेतृत्व नै संलग्न भएका थुप्रै उदाहरण छन् । हामीले सरकारलाई ती सबै काण्डको व्यापक छानबिन गर्न र भ्रष्टाचारीलाई कानुनी कारबाही गर्न अनुरोध गर्दछौँ । राजनैतिक लेनदेनको नाममा सरकार यो कार्यबाट पछि नहटोस् भन्ने अपेक्षासमेत राख्दछौँ ।
४. हाम्रो युनियनको बाइसौँ सम्मेलनपछिको प्रथम राष्ट्रिय परिषद् बैठक यही असोज १२ र १३ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा गर्ने ठेगान भएको छ । त्यसको तयारीको लागि प्रदेश तथा जिल्लाका भेला, वैठकहरू तय भएका छन् ।
५. प्रदेशहरूको भेला तथा वैठक निम्नानुसार तय भएको छ : क. कोशी प्रदेश भदौ ८ र ९ गते, ख. मधेस प्रदेश भदौ १५ गते, ग. बागमती प्रदेश भदौ २३ गते, घ. लुम्बिनी प्रदेश भदौ १५ र १६ गते, ङ. कर्णाली प्रदेश भदौ १५ र १६ र च. सुदूरपश्चिम प्रदेश साउन ३० र ३१ गते ।
६. सङ्गठनसम्बन्धी निम्नबमोजिम निर्णय भएको छ :
क. बागमती प्रदेशको इन्चार्जको जिम्मा सचिव पुरण पोख्रेललाई दिइएको छ । सूचना तथा सञ्चार विभागको जिम्मा उपाध्यक्ष नवीन पाण्डेलाई दिइएको छ । वैकल्पिक केन्द्रीय सदस्य दिलेन्द्र बुढाले कार्यव्यस्तताका कारण दिनुभएको राजिनामा स्वीकृत भएको छ ।
ख. विभिन्न विश्वविद्यालयको अध्ययन र समन्वयको लागि निम्नबमोजिम इन्चार्ज तोकिएका छन् : त्रिभुवन विश्वविद्यालय – विवेक जिसी, काठमाडौँ विश्वविद्यालय – पुरण पोख्रेल, पोखरा विश्वविद्यालय – गणेश अधिकारी, पूर्वाञ्चल विश्वविद्यालय – देवेन्द्र पौडेल, सुदूरपश्चिम विश्वविद्यालय – हेमराज भट्ट, मध्यपश्चिम विश्वविद्यालय – लेनिन रेग्मी, कृषि तथा वन विश्वविद्यालय – कमल आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालय – सागर बेलबासे, संस्कृत विश्वविद्यालय – रिसव आचार्य र सिटिइभिटी – नवीन केसी ।
७. अखिल (छैठौं) बाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित पदाधिकारीप्रति बैठकले बधाईसहित सफल कार्यकालको शुभकामना दिने निर्णय गरी पदाधिकारी र सदस्यसहितको स्ववियु काउन्सिल गठन गर्ने निर्णय भएको छ ।
बैठक व्यापक छलफल सहित सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।”