शुक्रबार, भदौ २७, २०८२

भारतको सुरतमा एक नेपालीको बेबारिसे लास मुल प्रबाह द्वारा अन्तिम संस्कार गरियो

बिन बहादुर रेग्मी,सुरत
(झिम्रुक पोष्ट,संवाददाता)
एक हप्ता अगाडि गुजरातको सूरत मा एक जना नेपाली जसको पहिचान नखुलेको व्यक्तिको लास भेटिए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षत्रिय समितिका सल्लाहकार र मूल प्रवाहका लोकप्रिय नेता समाजसेवी नबिन शर्मा को पहल र सक्रियतामा सूरत नगर समितिका अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनाला, ध्रुव न्यौपाने , पूर्ण विक लगायतको टिमले पञ्च्नामा प्रशासनिक औपचारिकता पूरा गरेर पोष्टमार्दमको को लागि केश अगाडि बढाएको थियो र विभिन्न सामाजिक सञ्जाल फेसबुक पेजमा र झिम्रुक पोस्ट अनलाईनमा समेत आफन्तको खोजीमा खबर भाईरल बनाइएको थियो। एक हप्ता हुँदा सम्म पनि कोही कहीं कतै बाट पनि आफन्त इष्टमित्र साथीहरु जो उनलाई चिन्ने नआए पछि आज दिनांक २५जुलाई २०२३ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिका अध्यक्ष किशोर ताम्राकार को नेतृत्वमा विभिन्न सामाजिक संघ संस्था सँग जोडिएका प्रवुद्ध व्यक्तित्वको उपस्थितिमा उहाँलाई अन्तिम मानवीय सम्मान सहित दाह संस्कार गरिएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षत्रिय समिति अध्यक्ष वेद बहादुर कार्की, नबिन शर्मा ले शोक मन्तव्य राख्नु भएको हो। हाम्राे संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हुनाले याे मान्छेले मानवीय अन्तिम सम्मान पायो। तर मानवीय हक अधिकार दिलाउन सकेनौं, हामि अझै कति छौं यसरी बाँचेका? मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यता पाउनलाई वर्षमा पाँच रुपैयाँ मात्रै लाग्छ त्यसले घर थर ठेगाना त थाहाँ हुन्छ। मान्छे जन्मिए पछि मर्ने प्रकृतिको नियम हों। कसैले रोकेर रोक्न सकिँदैन। कम से कम यस्तो लावारिस त हुँदैन। याे मान्छेको आफन्त होलान, दाजुभाइ मामा काका कोही त होलान आज खबर त पुग्थ्यो। यहाँ अझै धेरै छन मुल प्रवाहको सदस्यता दिन बाँकी हुनुहुन्छ, आउनुहोस सदस्यता लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबन्द हुनुहोस् भन्ने आह्वान गर्नु भयो। अन्य शोक मन्तव्य राख्नु हुने प्रबुद्ध व्यक्तित्वज्यूहरु अजय तिमिल्सिना, प्रकाश बि क हुनुहुन्थ्यो। उपस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति सँग आबद्ध धेरै मलामी लाई चिया पानी लगायत सुरु देखिको दौडधूप खर्च मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का नेता नबिन शर्माज्यू ले जिम्मा लिनु भएको थियो। समाजसेवामा उहाँको अतुलनिय योगदानलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले धन्यबाद ज्ञापन गर्दछ र मृतकको आत्माको चीर शान्तिको लागी हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछ।

-किशोर ताम्राकार (अध्यक्ष)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?