शुक्रबार, भदौ २७, २०८२

महासंघको विभेदपूर्ण निर्णय मान्य छैन:स्यामलाल पोख्रेल

प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय  अध्यक्ष स्यामलाल पोख्रेलले एउटा लामो फेसबुक स्टार्ट लेख्दै पत्रकार महासंघले गर्ने सौतेनी व्यबहारको कडा बिरोध गर्नुभएको छ।पोख्रेलले महासंघले यस्तै व्यबहार देखाए ,महासंघको विकल्प समेत खोज्ने स्थिति आउने बताउनुभएको छ।महासंघको अन्य संगठन र पत्रकारलाई लाई हेर्ने  सामन्ती सोंचका विरुद्ध आफुहरुले कडा आन्दोलन गर्ने बताउनुभयको छ।

स्यामलाल पोख्रेलले लेखेको फेसबुक पोस्ट जस्ताको तस्तै पढ्नुहोस

देशभरका पत्रकार महासंघका शाखाले गलत निर्णय गरेका छन् । गलत व्यवहार देखाएका छन् । राजनीतिक रुपले फरक विचार राख्नेलाई सदस्यता नदिने र आफ्नो विचार समूहको जस्तो भएपनि सदस्याता दिने चलन नयां होइन पुरानै हो । तर महासंघलाई सबैको साझा बनाउने बाहानावाजी गर्ने र आफान्नालाई सदस्यता दिने महासंघको सिण्डीकेट मान्य छैन । महासंघको गरिमालाई उचो राख्नका लागि विचारका आधारमा अरुलाई देख्नै नसक्ने महासंघका नेताहरुको सोंच, चिन्तन र व्यवहारमा परिवर्तन आउनु पर्छ । यदी त्यसो भएन भने महासंघको गरिमा तल्लो स्तरको हुनेछ । महासंघको विकल्प खोज्न सकिने अवस्था आउन सक्छ । यस विषयमा पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको पनि ध्यान जान जरुरी छ ।

विचार तथा आस्थाको हिसावले अरुलाई महासंघमा प्रवेश गर्नै नदिने महासंघका नेताहरुको निर्णय, सोंच, चिन्तन र व्यवहारमा परिवर्तन हुन नसके महासंघको सदस्य त्याग्न सकिन्छ । महासंघको सदस्य भएर श्रमजीवि पत्रकारहरुले केही पाएका छैनन् ।

महासंघमा जांदा श्रमजीजिका कुरा गर्ने अनी ठेक्का पट्टामा लागेका, सरकारी कर्मचारी, बैंकका जागिरे, उद्योगी, व्यापारी, कलाकारलाई सदस्यता दिनेहरु महासंघको नेतृत्व र नेता हुनै सक्दैनन् । यस्तो नेतृत्वलाई मान्न सकिन्न र स्वीकार्य छैन ।
आफ्नालाई मात्रै काखी च्यापेर अब कतिदिन हो पत्रकार महासंघ चलाउने ? । कसैका बाउआमाको पेवा हैन नेपाल पत्रकार महासंघ । महासंघको नेतृत्वमा गैसकेपछि सके आफै बन आफ्नो कार्यकालसम्म सांझा । त्यति पनि नभए आफ्नो कार्यकालको अबधीसम्मको भूमिका त बनाउन साझा ।

महासंघको नेतृत्व नै महासंघको सदस्यता सुद्विकरणमा बाधक छ । चोरालाई साधु देख्ने र साधुलाई चोर देख्ने दृष्टिकोण र चिन्तनले महासंघ चल्दैन । विकल्पको खोजी हुन सक्छ । महासंघमा निर्वाचित हुंदा जुन विचार र समूहबाट भएपनि निर्वाचित भैसकेपछि दलगत स्वार्थ भन्दामाथि उठेर काम नगर्ने महासंघको नेतृत्वलाई देशभरबाट खवरदारी गर्नुको विकल्प छैन । कठै हाम्रो पत्रकार महासंघको नेतृत्व ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?