शुक्रबार, भदौ २७, २०८२

भारत व्यापी महिला विभाग प्रशिक्षण कार्यक्रम सचीन र सुरतमा सम्पन्न

 

-बिन बहादुर रेग्मी, सुरत
(झिम्रुक पोस्ट, सम्बाददाता)

🇳🇵सचिन महिला विभाग 🇳🇵

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति महिला विभागको आयोजनामा इन्द्रा सोनीको अध्यक्षतामा राधा रेग्मी, सुजाता भण्डारी,सावित्री अर्यालको टिमले प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य नेतृ सरिता जि सी ज्यू लाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय पार्षद एबं सचिन नगर अध्यक्ष बिन बहादुर रेग्मी, पश्चिम भारत क्षत्रिय कोषाध्यक्ष हरी कुमार गिरी, पश्चिम भारत महिला विभाग सदस्य सविना कुँवर ज्यू को विशेष उपस्थितिमा महिलाहरुको उल्लेखनीय जमघटमा तालीको गडगडाहट बीच प्रमूख अतिथि सरिता जि सी ले प्रशिक्षण कार्यक्रम को बुँदागत रुपमा सरल भाषामा मिठो शैलीमा सुरु गर्नुभयो।समसामयिक देशको कहाली लाग्दो राजनैतिक अवस्था र प्रवासी नेपालीहरुको विकराल समस्याको चपेटामा नेपाली महिलाहरू परेको चर्चा गर्दै प्रवासी नेपाली महिलाहरू पनि यो समस्याबाट अछुतो नरहेको स्पष्ट पार्नु भयो। यति छोटो भेटघाटमा मैंले सबै कुरा बोल्न नपाए पनि यहाँहरुको सचिन महिला विभाग सदस्य साथीहरूले जुन मायाँ सम्मान स्वागत गर्नुभयो। यहाँहरुको यस्तै जोश जाँगर सक्रियता म अर्को पटक आउँदा पनि देख्न मिलोस यहाँहरुलाई हार्दिक धन्यवाद छ भनेर खुसी प्रकट गर्नु भयो।

🇳🇵सूरत महिला विभाग🇳🇵

दिनांक 4/8/23 सचिन नगर महिला बिभागको प्रशिक्षण कार्यक्रम सकिए लगत्तै दुई घण्टा पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर महिला विभाग सँयोजक शान्ति विक को अध्यक्षतामा सविना कुँवरको सञ्चालनमा , लक्ष्मी ताम्राकारले स्वागत गर्नु भएको थियो। प्रमूख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सरिता जि सी ज्यू,बिशेष उपस्थितिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तथा पश्चिम भारत क्षत्रिय अध्यक्ष वेद बहादुर कार्की, केन्द्रिय परिषद सदस्य बिन बहादुर रेग्मी, पश्चिम भारत क्षत्रिय सदस्य पूर्ण बिके, प्रकाश जनाला, ध्रुवराज न्यौपाने र सुरत नगर अध्यक्ष किशोर ताम्राकार ज्यू को अतिथी आसन ग्रहण गर्नु भएको थियो। प्रमुख अतिथि सरिता जि सी ले प्रशिक्षण कार्यक्रममा उपस्थित महिलाहरुको व्यापक सहभागिता देखेर खुशी प्रकट गर्दै भन्नु भयो मैले बीस वर्ष पहिला आउँदा देखेको महिलाको अवस्था र आजको अवस्थामा धेरै फरक छ। त्यतिबेला संगठन गर्न धौ थियाे आजभोलि यहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज छ, जहाँ एकता समाज छ त्यहाँका महिलाहरु सचेत र संगठित छन। जो सचेत र संगठित छन त्यहाँ समस्या छैन भए पनि समाधान हुने माध्यम छ। जसको घरमा श्रीमान एकता समाजमा छ त्यो घरमा शान्ति छ। जहाँ शान्ति छ त्यो घर साँच्चिकै स्वर्ग हों, हामी काल्पनिक स्वर्ग को कुरा गर्दैनौ। त्यसकारणले एकता आजको आवश्यकता हो, सम्पतिमा समान अधिकार, महिला घरेलु हिंसा को अन्त्य, स्वेच्छिक गर्भपतन र छोडपत्र अखिल नेपाल महिला संघका माग हुन। महिला आन्दोलनको लामो इतिहास छ।
तातो पानी र चिया खाने ब्रेकको समयमा बिन बहादुर रेग्मीले तातो पानीको कथा हालेर माहोल रङ्काउने कोशिश गर्नु भयो। कथा त्यस प्रकार थियाे। -“एक जोडी पति पत्नी अति मिलेर बसेका रहेछन, समय बित्दै जाँदा संगत गुनाको फल भने जस्तो बुढो रक्सीले मातेर आउन थालेछ, मायाँ प्रेमको प्रगाढ सम्बन्धमा बिस्तारै दरार पर्न थालेछ। ठन्डीको मौसम जति बेला पनि तातो पानी तताई देल म नुहाउँछु नत्र भनेर हप्काउने। त्यो हप्काउने हेपाहा हेलाको धम्कीले मनमा गहिरो घाउ भएको थियो। उनि पीडित थिइन् डराई डराई बाँच्नु परेको थियाे। एक दिन एकता समाजको महिला कलास चलिरहेको मौकामा सामेल हुने र कुरा राख्ने चान्स मिल्यो। उनले प्रश्न राखिन मलाइ तातो पानी तताई नदिए के हुने होला म के गरु? त्यस विषयमा छलफल भयो। नत्र के? एक पटक सोधेर हेर्नु त्यस पछि के जवाफ आउँछ त्यही अनुसार तपाईंको समस्याको समाधान खोजौला। नभन्दै सधैं जसो फेरि त्यही तातो पानी तताई दे नत्र…?😃😃 दिएको सल्लाह अनुसार उनि पनि झोक्किएर भनिन नत्र के?😄😄 बुढाको नशा सबै उत्रियो नत्र के चिसो पानी ले नुहाउछु 😃😃😃 एक छिन हाँसो भयो।
अन्त्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सचिव तथा पश्चिम भारत क्षत्रिय अध्यक्ष वेद बहादुर कार्की ले प्रशिक्षणमा सहभागी भएका सबैलाई र प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सरिता जि सी ज्यू लाई कार्यक्रमका लागि गर्नु भएको मेहनत र स्पोर्टको लागि धन्यवाद मन्तव्य राख्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?