शुक्रबार, भदौ २७, २०८२

मुल प्रबाह सुरतको कतारगाम एरिया समिति गठन

– बिन बहादुर रेग्मी, सुरत झिमरुकपोस्ट संवाददाता

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत कतारगाम एरिया समितिको लिलाराम डांगी को पहलमा र क्षेत्रीय समिति सदस्य धुर्व राज न्यौपाने सुरत नगर उपाध्यक्ष प्रकाश जनाला नगर समिति सदस्य भीम साउदको उपस्थितिमा १५ सदस्य समिति गठन गरियो । क्षेत्रीय समिति सदस्य धुर्व राज न्यौपाने ज्यु ले प्रवासमा बसेर संगठनमा संगठित हुन जरुरी छ। हुन त भारतमा संगठन थुप्रैछन ‌। तर अभिभावकको रुपमा नेपाली हरुका भईपरि आएका समस्याको समधान गर्ने मुल प्रवाह अखिलभारत नेपाली एकता समाज मात्र भएको र प्रवासी हरुका हरेक खाले समस्याको समाधान गर्दै आईरहेको भन्दै आज बनेको नयाँ समिति लाई स्पष्ट पार्नुभयो। तेसका साथ साथै नगर सदस्य भीम साउदले तपाईं हरु संगठनमा आबद्ध हुनुपर्छ । संगठनमा आबद्ध हुन किन जरुरी छ भने हामी थुप्रै नेपालीहरु प्रवासमा फैलिएर बसिरहेका छौं । हामीहरु असंगठित भएर बस्यो भने यहाँको सेठिया देखि लिएर अन्य भारतीय नागरिक हरुले दवाएर राखेका हुन्छन्। विना गल्ती कसैलाइ तलव नदिएर काम वाट निकालिएका हुन्छन् कसैलाई कुटपिट गरेर यातना दिएका हुन्छन् त्यो समस्याको समाधान एक्लै व्याक्तिले गर्न सक्दैन तेस कारण तपाईंहरु मुल प्रवाहमा आवद्ध हुन जरुरी छ। मुल प्रवाह अखिलभारत नेपाली एकता समाज भनेको प्रवासी नेपाली हरुको मर्दाको मलामी जिउदाको जन्ति भएर अभिभावकको रुपमा काम गर्दै आइरहेको एक मात्र संगठन हो भनेर स्पष्ट पार्नुभयो। अन्तमा प्रकाश जनाला ज्यु ले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनु भयो
तपसिल
(१) अध्यक्ष= लिलाराम डांगी
(२) उपाध्यक्ष=पुष्कल परियार
(३) सचिव= प्रेम ओली
(४) सह सचिव=दल बहादुर साउद
(५) कोषाध्यक्ष=शंकर परियार
सदस्य
(६)=गणेश डांगी
(७) अनिता परियार
(८) राम परियार
(९)कालु दास
(१०) भीम परियार
वैकल्पिक
(११) कल्पना डांगी
(१२) दिलिप परियार
सल्लाहकार
(१३) पदम परियार
(१४) गगन डांगी
(१५) रिक्त

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?