बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
अनेमसंघ बुटवलको प्रथम भेला सम्पन्न १५ पुण र ५ सल्लाहकार गरि २० सदस्यीय समिति गठन
झिमरुक पोस्ट
सोमवार, साउन २२, २०८०
शंकर प्रसाद पोख्रेल, बुटवल ।
अखिल नेपाल महिला सङ्घ बुटवल नगर समितिको प्रथम भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष भानु केसीको प्रमुख आतिथ्यमा २०८० साउन २२ गते सोमबार उक्त कायृक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि केसीले ब्यानर पढेर प्रथम भेलाको उद्घाटन गर्नुभएको थियो ।
भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, कम्युनिष्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजामो रुपन्देहीका जिल्ला अध्यक्ष टानबहादुर केसी, राजमो रुपन्देही सचिव कृष्णप्रसाद पोख्रेल, राजमो गुल्मी–रुपन्देही सम्पर्क समितीका सचिव मुक्तिराम सापकोटा, राजमो अर्घाखाँची–रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल बन्जाडे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ रुपन्देहीका उपाध्यक्ष उमलाल बन्जाडेलगायतको आतिथ्य रहेको थियो ।
भेलाले माया खनाल अध्यक्ष रहनुभएको अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिका नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कल्पना सापकोटा, सचिवमा राधिका सापकोटा, सहसचिवमा कमला केसी र कोषाध्यक्षमा कपिला आचार्य रहनुभएको छ ।
समितिको सदस्यहरूमा वसन्ता आचार्य, निर्मला आचार्य, लक्ष्मी भुसाला, शान्ता खनाल, मीना खनाल, मिरा भुजेल, जुना जिसी, सुनिता थापा र लक्ष्मी घिमिरे भट्टराई रहनुभएको छ ।
भेलाले शारदा पाण्डे, पवित्रा बन्जाडे, रिता पौडेल र अन्जना खनाल पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रमको अध्यक्षता कल्पना सापकोटाले, सञ्चालन माया खनालले र स्वागत राधिका सापकोटाले गर्नुभएको थियो ।