शुक्रबार, भदौ २७, २०८२

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ को सोमबार ‘ब्रेक थ्रू’ गरियो

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ को सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला , नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार संयुक्त पूजा गरेर ‘रेस्क्यु टनेल’ को ‘ब्रेक थ्रू’ गरिएको हो। एक वर्षभित्र टनेल भित्र गाडी चल्ने गरि काम भैरहेको छ ।२.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ गरिएसँगै मुख्य टनेलको पनि छिट्टै ब्रेक थ्रू गर्ने तयारी छ । मुख्य टनेलको सुरुङको काम १८ प्रतिशत बाँकी रहेको छ भने २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र खन्न बाँकी रहेको छ । सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कात्तिक ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?