
(बिन बहादुर रेग्मी,झिम्रुक पोस्ट सम्बाददाता)
वापि, पश्चिम भारत
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षत्रिय जनजाति बिभाग र समता बिभागको संयुक्त आयोजनामा एक भव्य अन्तर्क्रिया कार्यक्रमकाे वापिमा आयोजना गरिएको समाचार छ। विश्व आदिवासी दिवस र वर्गसंघर्ष महत्व विषयक अन्तरक्रिया कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्रीधर शर्मा ज्यू ले अवधारणा पत्र बाचन गर्नु भएको थियो, 29औं विश्व आदिवासी दिवस मनाउने मौका त्यत्तिकै मिलेको होईन, थुप्रै ठूला ठूला आन्दोलन संघर्ष गर्दै याे उपलब्धि मिलेको हो,1982 अगष्ट 9मा संयूक्त राष्ट्र संघ बाट गठित कार्यदलले आदिवासी जनजातिहरुको तथ्यांक संकलन,मानवअधिकार, उनीहरूको हक हित र संरक्षणको लागि प्रतिवेदन तयार पार्ने काम सुरु गरेको थियाे, 9अगस्ट 1996 मा त्यो काम पुरा भएको दिन देखि संसारभरिका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस काे रुपमा मनाउँदै आएका छन, जनजातिका माग पुरा हुन अझै बाँकी छन उपलव्ध हक अधिकार लाई सुरक्षित गर्दै थप हक अधिकार मुक्तिको लागि आन्दोलित हुनु पर्ने आजको आबस्यकता हो भन्नुभयो। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्रेय जनजाति बिभाग र समता बिभागको आयोजनामा अन्तक्रिया कार्यक्रमको अध्यक्षता जनजाति बिभागका संयोजक प्रखर नेता प्रवीनसिह काउछा र प्रमुख अतिथि केन्द्रीय समिति सचिव तथा पस्चिम भारत क्षेत्रेय अध्यक्ष बेद बहादुर कार्की रहनु भयको थियो र अथितीमा केन्द्रीय समिति सदस्य रमकला काउछा ,केन्द्रीय सदस्य कृष्ण कुंवर, श्रीधर शर्मा , मूल प्रवाह क्षेत्रेय सदस्य निखिल रावत , समता बिभाग संयोजक प्रकाश जनाला ,महिला बिभाग संयोजक विष्णु माया शर्मा,संस्कृतिक बिभाग संयोजक हरि काउछा,महिला केन्द्रीय बिभाग सदस्य बिना काउछा अथिति रहनु भएको थियो।
अन्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि बेद बहादुर कार्कीले आदिवासी जनजाति दिवशको शुभ कामना दिदै भन्नुयो विश्वमा आजपनि विभिन्न बाहानामा राज्य र सासकहरुले शोषण गरिरहेको र टाठावाठा मुठिभर दलाल पुँजीपति वर्गले आदिवासी जनजातिहरु माथि अन्याय अत्याचार विभेद थिचोमिचो गरिरहेको बताउनु भयो।राज्यले आजपनि आदिवासी जनजातिको आफ्नो भाषा संस्कृति परम्परा र पहिचान लाई संरक्षण गर्दै संगठित गर्न नसक्नु विडम्बना भएको बताउँदै सम्पूर्ण आदिबासी जनजाती पिछडिएका दलित,अल्पसंख्यक एक हुन अनुरोध गर्दै पश्चिम भारत क्षत्रिय समता सँयोजक नेता प्रकाश जनाला बोल्नु भएको थियो। अन्य वक्ताहरु रमकला काउछा, हरिसिंह काउछा, निखिल रावत, बिना काउछा बोल्ने क्रममा वर्गसंघर्षको आबस्यकता आजको अनिवार्य सर्त हो, सुदुर दुर्गम अँध्यारा गाउबस्तिमा बिभिन्न जातजाति र धर्म-कर्मको बाहानामा सानो ठुलो भनेर समाज बिभेद छ भने सहरबजारमा गरिव र धनि बिच बिभेद रहेकोले यस्ता खाले बिभेद को अन्त्य गर्न सबै संगठित भै संघर्ष गर्नु पर्ने बेला आयको बताउनु भयो।दुर्गा राना ले स्वागत मन्तव्य राख्नु भयको कार्यक्रमको सञ्चालन दिपेश लिम्बु ले गर्नु भयको थियो।