शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
भारतको जालन्धरमा विश्व आदिवासी दिवसको कार्यक्रम सम्पन्न
झिमरुक पोस्ट
बिहिबार, साउन २५, २०८०
जालन्धर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहमा रहेको जनजाति तथा समता विभागले जालन्नधरमा उनन्तिसौँ विश्व आदिवासी दिवस मनाएको छ ।
अन्तरक्रियात्मक कार्यक्रममा साथ अगस्त ९, २०२३ का दिन मनाइएको सो कार्यक्रममो प्रमुख अतिथि मूल प्रवाहका सचिवालय सदस्य धनवीर पुन हुनुहुन्थ्यो ।
सो अवसरमा सम्बोधन गर्दै मुख्य अतिथि धनवीर पुनले आदिवासी जनजाति र दलित जातिहरूको मुक्तिका लागि वर्गीय सङ्घर्षको महŒवपूर्ण भूमिका रहने दाबी गर्नुभयो ।
कार्यक्रममा केद्रीय सचिव प्रेम सापकोटा, केद्रीय सदस्य तारा सोमरे, केन्द्रीय सल्लाहकार एवम् समता विभागका संयोजक धनबहादुर गोर्खाली, केन्द्रीय सदस्य जितमान थापा, सल्लाहकार राजकुमार शाही र परिषद् सदस्य शुष्मा खड्का सिन अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रारम्भमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनकोको निधन भएकोमा शोक व्यक्त गरिएको थियो ।
मूल प्रवाहका केन्द्रीय जनजाति विभागका सदस्य कुलबहादुर बगालेले उक्त कार्यक्रममा आधारपत्र वाचन गर्नुभएको थियो ।
कार्यक्रममा जनजाति विभागका संयोजक बिलबहादुर गुरुङ, लक्ष्मण खड्का, केद्रीय परिषद् सदस्य थमन थापा, उदयसिंह चन्द, लालबहादुर थापा, क्षेत्रीय सदस्य मन्जु थापाका साथै कमला बगाले, प्रेम गुरुङ र बलबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कुलबहादुर बगालेको सञ्चालन तथा हिमप्रसाद सुनामको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता प्रेम रसाइलीले गर्नुभएको थियो ।