
कल्पना फाउन्डेसन नेपालकाे अायाेजनामा कल्पना पाैडल जिज्ञासुकाे कथासङ्ग्रह “कचहरी” विमाेचन , पुरस्कार तथा सम्मान कार्यक्रम फाउन्डेसन कि अध्यक्ष कल्पना पाैडेल जिज्ञासुकाे अध्यक्षता मा र लुम्बिनी प्रदेश विश्व विद्यालय अायाेग सदस्य प्रा डा कृष्णप्रसाद घिमिरे काे प्रमुख अातिथ्यता मा सम्पन्न कार्यक्रममा कचहरी कथा सङ्ग्रहकाे विमाेचन गरिएकाे थियाे। बरिस्ठ कथाकार तथा कार्यक्रम का विशिष्ट अतिथि सनत रेग्मीलाई साहित्य तर्फ ” मनिकर्णा- टीकाराम स्मृति पुरस्कार द्वारा सम्मानित गरिएकाे थियाे। समाज सेवा तर्फ ” देउकला- टीकानिधि स्मृति पुरस्कार द्वारा मानवसेवा अाश्रम नेपालगन्ज लाई सम्मान गरिएकाे थियाे। चरित्रा शाहले कचहरी कथासङ्ग्रहकाे परिचयात्क मन्तब्य दिनुभएकाे थियाे। कार्यक्रमका अतिथि बक्ताहरु किरण अाचार्य,खगेन्द्र गिरी काेपिला,पङ्कज श्रेष्ठ ,मणि अर्याल, डा ईन्द्र बहादुर भन्डारी, हरि तिमिल्सिना,उर्विन सापकाेटा, बिशिष्ठ अतिथि प्राज्ञ शशिराम कार्की,सनत रेग्मी र प्रमुख अतिथि प्रा डा कृष्ण प्रसाद घिमिरे ले कचहरी कथासङ्ग्रहमा रहेका १५ वटै कथाहरुले समाजकाे यथार्थ चित्रण गर्न सफल भएकाे, उत्पिडनमा परेका महिला, बृद्धा हरुका समस्या, वैदेशिक राेजगारका समस्या, मदेशी, मुस्लिम,थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषय बस्तु बनाएर कथाकाे वुनाेटमा बुनियकाेले कथाहरु पठनिय रहेकाे ,विषयबस्तु महिला बादी र प्रगतिबादी रहेकाे , विषय बस्तु र भाषा शैलिकाे हिसाबले कथा उत्कृष्ट रहेकाे ले कृतिकारलाई बधाई तथा कृति सफलताकाे शुभकामना मन्तब्य दिनु भएकाे थियाे। हिमालय टाईम्स का बरिस्ठ पत्रकार पुरुसाेत्म दाहालकाे समेत उपस्थित रहेकाे उक्त कार्यक्रम काे स्वागत मन्तब्य ऋषिराम सापकोटा ले दिनुभएकाे थियाे भने कार्यक्रमकाे सन्चालान संथाका सचिव लेकप्रसाद प्याकुरेलले गर्नुभएकाे थियाे। संथाकी अध्यक्ष तथा कृतिकार कल्पना पाैडेल जिज्ञासु ले अाफ्नाे कृतिकाे वारेमा सम्छिप्त जानकारी गराउँदै सम्मानित ब्याक्ति तथा संथालाई बधाई दिनुभईकाे थियाे।