शुक्रबार, भदौ २७, २०८२

निर्माण ब्याबसायी कविराम खनालले असहाय तथा बिपन्नहरुको उपचारको लागि एक साथगरे आर्थिक सहयोग

अर्घाखाँची भाद्र-५

 

प्रकाश दाइ

सामाजिक तथा निर्माण ब्याबसायी खनालले असहाय तथा बिपन्न परिवारको उपचारमा एक साथ आर्थिक सहयोग ।

निर्माण व्यबसायी तथा सामाजिक व्यक्तित्व कविराम खनालले आफ्नो जन्मदिनको अवसर पारी,
दिर्घ बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन ।

अर्घाखाँची जिल्लामा स्थायि घर भै हाल बिभिन्न अस्पतालहरुमा उपचार गराईरहनुभएका ( सहयोगको अत्यन्तै खाँचो भएका ) बिरामीहरुलाई उहाँहरुको स्थिती अनुसार सहयोग गर्नुभएको हो ।

उनले स. न. पा – ८ निवासी नारायण पराजुली जो क्यान्सरबाट पिडित भै हाल भारतमा उपचार गराईरहनुभएको छ’ उहाको उपचारको लाई रु – २० हजार,

भु . न . पा – ४ स्थायि ठेगाना भै हाल भु न पा – ६ मामाघर बस्दै आउनुभएका २२ बर्षिय अमित रोकाया ( जो रुखबाट लडेर गम्भिर घाईते भै उपचारर्थ हुनुहुन्छ ) उहाँ लाई रु – १० हजार,

मालारानी ९ गोखुङ्गा निवासी ३२ वार्षिय केसव नेपाली ( लिभरको समस्या ) उहाँ लाई रु – ५ हजार

स .न .पा ११ निवासी उम बहाँदुरको श्रीमति पुस्पा खनाल कुवर ( दुवै मृगौला फेल ) उहाँ लाई रु – ५ हजार

स .न .पा – १० बस्ने बर्ष २५ कि सर्मिला गन्धर्भ ( मृगौला फेल भै आँखा सम्म नदेख्ने ) उहाँ लाई रु – ५ हजार

भुनपा -५ असुरकोट निवासी बर्ष ४० कि गिता गैरे बेल्बासे( पाठेघरको क्यान्सर ) उहाँ लाई रु – ५ हजार

र स .न .पा – १ निवासी कृश्ण बहाँदुए वि क ( प्यारालाईसिस् बिरामी ) लाई रु – ५ हजार ,
गरि ७ जना बिरामीहरुलाई सहयोग गर्नुभएको छ ।

सहयोग रकम हिँजो नै बिरामी तथा उहाँहरुका आफन्तको खातामा राख्दिसक्नु भएको थियो ।
साथै उहाँले रु ५० हजार बराबरको कन्सन्टेटर मेसिन किनेर आवश्यक पर्दा बिरामीहरुलाई उपलब्ध गराउने गरि हाल एकजना बिरामीलाई सहयोग गर्नुभएको छ ।

केहिदिनको लागि अक्सिनज लिनुपर्ने अबस्थाका बिरामीहरुलाई मेसिन किन्न महङ्गो पर्ने हुँदा र त्यस्ता दृस्टान्तहरु आफैले देखेको भएर,
अस्थायि अक्सिजन प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर उक्त मेसिन किनेको बताउनुभयो ।
उहाँका अनुसार अक्सिजन मेसिन चाहिने बिरामीका आफन्तले आफुलाई सम्पर्क गरि उक्त मेसिन प्रयोग गर्न अनुरोध गर्नुभयो ।

आफ्नो जन्मदिन बिरामीहरुलाई समर्पण गर्नुभएका उहाँले
अन्य दिनहरुमा पनि बिरामी भै उपचार गर्न गार्हो परेकाहरुका लागि आफुसक्दो सहयोग गर्ने बताउनुभयो । साथै उहाँले,
पत्रकार तथा सामाजिक अभियान्ताहरुलाई कोहि साँच्चिकै अप्ठ्यारो परेको खन्डमा र आफुले गरेको सहयोगले उहाँहरुलाई राहत मिल्ने भए,
सम्पर्कमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले जन्मदिन पारेर गरिएको सहयोगबारे ,
यहि समाजले आफुलाई जन्माएको, हुर्काएको र गार्होसार्होमा सहयोगी भएकोले – समाजप्रती पनि आफ्नो जिम्मेवारी हुनेहुँदा जन्मदिनको अवसर पारेर आफ्नो जन्मलाई समाजसँग जोडेको बताउँदै-
यो सहयोग मार्फत अप्ठ्यारामा परेकाहरुलाई सान्त्वना प्रदान गर्नुका साथै आफु जन्मेको समाजप्रती आसा जगाईराख्ने काम गर्ने विश्वाँस व्यक्त गर्नुभयो ।

सहयोग गरेका बिरामीहरु सधै एउटै अबस्थामा नरहेने र उहाँहरु छिटै निको हुने हुँदा-
भोलिका दिनमा उहाँहरुले पनि अन्य अप्ठ्यारामा परेकाहरुलाई सहयोग गर्ने बातावरण बन्ने बताउँदै सम्पुर्ण बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्नुभयो ।

यो सहयोगलाई समाजको जिम्मेवारी पुरा गर्न खोजेको अर्थमा बुझिदिन र सम्पुर्ण शुभचिन्तकहरुलाई समाजका अप्ठ्याराहरुमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

आफु गरेको सहयोग बिरामीहरुका उपचारका लागि पर्याप्त नभएको तर क्षणिक समयको लागि भएपनि केहि राहत हुनेहुँदा आफुले मल्हम लगाउने काम गरेको बताउनुभयो ।
साथसाथै उहाँहरु लगायत समाजमा अप्ठ्यारोमा रहेका सम्पुर्ण दाजुभाई दिदी बहिनिहरु आफ्नै परिबार भएकोले सबैले सक्दो सहयोग गरेर उहाँहरुलाई बाँच्ने र समाजका लागि केहि हौसला दिनुपर्ने कुरा बताउनुभयो
खनाल ब्रद्श कन्ट्र्क्सनका प्रोपाइटर तथा निर्माण ब्याबसायी संघ अर्घाखाँचीका सह अध्यक्ष रहेका खनालले सामाजिक संजाल आफ्नो फेसबुक स्टाटस मार्फत श्रावण -१४ गते आ.ब २०८०/०८१ को लागी रु.एकलाख पचास हजार असहाय तथा बिपन्न परिवारको स्वास्थ उपचारमा खर्च गर्ने घोषणा गरेका थिए
उहाँको यो सत्कर्मलाई धन्यबाद भन्दै,
उहाँलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?