शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
रुपन्देहीको बुटवलमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न
झिमरुक पोस्ट
बिहिबार, भदौ ७, २०८०
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
२०८० भदौ ७ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा माक्र्सवादी दर्शन र सिद्धान्तसम्बन्धी विषयमा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेलले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, तात्कालिन राजनीतिक परिस्थतिको विषयमा राजिमो लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष बद्रे आलमले छलफल चलाउनुभएको थियो ।
एवम् प्रकारले सङ्गठन, जनवादी केन्द्रीयता र अनुशासनसम्बन्धी विषयमा कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले प्रशिक्षण राख्नुभएको थियो ।
सोही प्रकारले पार्टी तथा जनवर्गीय सङ्गठनमाझको अन्तरसम्बन्धबारे अखिल नेपाल बुद्धिजिवी सङ्घका जिल्ला अध्यक्ष लिलबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सञ्चालन गोपालप्रसाद गैरेले गर्नुभएको थियो भने अध्यक्षता राजमो रुपन्देहीका जिल्ला अध्यक्ष टानबहादुर केसीले गर्नुभएको थियो ।