शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
बागलुङजिल्ला भरी राष्ट्रिय जनमोर्चाले टोल टोलमा विशेष सङ्गठनात्मक अभियान संचालन गर्ने
झिमरुक पोस्ट
शुक्रबार, भदौ ८, २०८०
बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले आगामी असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
२०८० भदौ ८ गते शुक्रबार बागलुङबजारको एक होटलमा सम्पन्न पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
सम्मेलनमा वितरित प्रेसवक्तव्यका अनुसार नेकपा (मसाल) को तीन ऐतिहासिक अभियानअन्तर्गत आयोजना गरिएको सो कार्यक्रमअन्तर्गत जिल्लाका ८५ ओटै वडामा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमम सञ्चालन गरिने भएको छ ।
निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले अन्य जिम्मेवारी र कार्यव्यस्तताका कारणले राजीनामा दिएपछि उहाँलाई सल्लाहकारमा राख्दै अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) लाई चयन गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
अध्यक्ष तिलक थापाको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा ऐतिहासिक तीन अभियानअन्तर्गत आगामी २०८१ वैशाख १९ गतेसम्म जिल्लास्तरीय सम्मेलन, भेला, बैठक र जनप्रतिनिधिका कार्यशालालगायतका कार्यक्रम सम्पन्न गरिने बताइएको छ ।
कार्यक्रमअन्तर्गत भदौ मसान्तभित्र राजमोका पालिका तथा वडासमितिका बैठक बसिसक्ने पनि जानकारी दिइयो ।
त्यस्तै, विकास निर्माणमा भएका ढिलासुस्ती, निर्माण कम्पनीका लापरबाही, अनियमितता, भ्रष्टाचार, कालाबजारी, इमेज र शिवसागर सहारीका ठगीलगायतका वित्तीय अराजकता, अनियन्त्रित महङ्गी, यातायात क्षेत्रको भाडादरमा वृद्धिलगायतका विषयमा ध्यानाकर्षणस्वरूप सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने प्रेसवक्तव्यमा उल्लेख छ ।
एवम् प्रकारले दसैँतिहारको सन्दर्भमा समसामयिक राजनीतिक परिस्थिति, बैदेसिक हस्तक्षेपलगायतका विषयमा अन्तरक्रियासहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने पनि वक्तव्यमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङमा प्रमुख अमर थापा र राजमो केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, राजमोकै पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीलगायत राजमो बागलुङका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको अध्यक्षता तिलक थापाले तथा सञ्चालन राजमो जिल्ला सचिव भीमलाल पोखरेलले गर्नुभएको थियो ।