बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को लुम्बिनी प्रदेश समिति गठन अध्यक्षमा गैरे
झिमरुक पोस्ट
शनिबार, भदौ ९, २०८०
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को लुम्बिनी प्रदेश समिति गठन भएको छ ।
२०८० भदौ ८ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
अध्यक्ष समीर सिंह र वामपन्थी नेता सुरेश थापाले शुभकामना मन्तव्य राख्नुभएको उक्त भेलाको अध्यक्षता केन्द्रीय सदस्य जीवनारायण खनालले, सञ्चालन मनिराम खनालले र स्वागत रामप्रसाद गैरेले गर्नुभएको थियो ।
भेलामा अन्पाका उपाध्यक्ष रामदेव पाण्डे, महासचिव भीष्म जोशी, कम्युनिस्ट सङ््ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, अखिल (छैठौं) का महासचिव सुवास संयम, राजमो केन्द्रीय सदस्य गणेश आचार्यलगायतको आतिथ्य रहेको थियो ।
भेलाले रामप्रसाद गैरे (पाल्पा) अध्यक्ष रहनुभएको अन्पाको लुम्बिनी प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सुरेशकुमार पाण्डे (दाङ), सचिवमा कल्पना पौडेल जिज्ञासु (बाँके), सहसचिव गुरु कुमाल बुलबुल (दाङ) र कोषाध्यक्षमा धु्रव गिरी (प्युठान) रहनुभएको थियो ।
त्यस्तै, सदस्यहरूमा मनिराम खनाल (दाङ), रेम राना (नवलरासी पश्चिम), कमलप्रसाद घिमिरे (अर्घाखाँची), गोपालप्रसाद भट्टराई (अर्घाखाँची), जगदीश ढकाल (बाँके), उमकला खनाल (दाङ), सागर बेलबासे (रुपन्देही), योगेन्द्र काउचा (गुल्मी), शशि सापकोटा (कपिलवस्तु) र शिव शाही (रुकुम पूर्व) रहनुभएको छ ।
त्यस्तै, सचिवालयमा पाँचै जना पदाधिकारीहरू रहने बताइएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गैरेले प्रतिबद्धता व्यक्त गर्नुका साथै दामकुमारीले कवितामार्फत बधाई दिनुभएको थियो ।