
राष्ट्रिय जनमाेर्चा बागलुङका जनप्रतिनिधिहरुकाे २ दिने कार्यशाला मिति २०८० भाद्र ८ र ९ गते बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालाकाे भाद्र ८ गते राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गर्नु भयकाे थियो ।
२ दिन सम्म सञ्चालन भएको कार्यशालामा प्रमुख अतिथि कृष्ण अधिकारी, रा.ज.माे.केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, बरिष्ठ अधिबक्ता काजीगाँउले श्रेष्ठ, जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, काठेखाेला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, अधिबक्ता लक्ष्मी बास्काेटाले जनप्रतिनिधिको काम कर्तव्य र अधिकार, बिकाश निर्माणमा जनप्रतिनिधिकाे भुमिका, पार्टी र जनप्रतिनिधि बीचको अन्तर सम्बन्ध र भुमिका, नेपालकाे संबिधान, स्थानीय सरकार सञ्चालन ऐन र नियमावलीले ब्यवस्था गरेका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार लगायतले विभिन्न बिषयमा सहजिकरण गर्नु भएको थियाे ।
कार्यशाला जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनकाे अध्यक्षता, काठेखाेला गाउँपालिका उपाध्यक्ष तथा राजमाे बागलुङका अध्यक्ष तिलक थापाकाे स्वागत र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनकाे सञ्चालनमा सम्पन्न भएको थियो ।