बुधबार, भदौ २५, २०८२

प्युठानमा विशेषज्ञ चिकित्सक कसरी आए

बिनोद पोख्रेल
जनस्वास्थ्यकर्मि

MD/MS छात्रबृद्धीमा पढेपछी २ बर्ष दुर्गममा काम गर्ने नेपाल सरकारको बोण्ड बमोजिम अनिबार्य छात्रबृद्दी करारमा काम गर्न जानै पर्ने हिसाबले नेपाल सरकारको चिकित्सक परिचालन निर्देशिका र (Hub) हब अस्पताल सन्चालन सम्झौता बमोजिम चिकित्सक प्युठान अस्पताल आएका हुन;
अहिले जाद्रै तरस/ मरस नगरौ, हो लुम्बिनी प्रदेशका साथै मातहत प्युठान नै रोजाईमा पर्नु राम्रो पक्ष हो, ति चिकित्सक पनि मान्छे हुन, केहि आ-आफ्ना प्राथमिकता र स्वार्थ पनि हुन्छन् भन्ने नि ख्याल गरौ l
प्यूठानमा चिकित्सकलाई राम्रो माहोल छ र सबै जनता र नेता सहयोगी छन भन्ने माहोल बनाऔ, ताकी भोली कोही कसैले पावर लाउन पर्दैन, सबै डाक्टरको पहिलो रोजाई आफ्से-आफ प्युठान बन्ने छ । बरु सबैले डाक्टर टिकाउने तर्फ लागौ । भोलीबाट काम गर्ने सहयोगात्मक माहोल बनाऔ, बिरामी देखाउन पावर लाउने, निजी तिर आकर्षित गराउने काम होला, खबरदारी गरौ । पेशागत क्षमता र इमान्दारितामा खबरदारी गरौ । बोण्ड बमोजिम २ बर्ष पुरा गर्ने मौका दिऔ सबैले, नकी बिचमै काम छोडेर अन्यन्त्र जिल्ला जाने माहोल नहोस ।
बिशेषज्ञ चिकित्सकलाई बिरामी राखेर उपचार गर्न पुग्ने गरी बेड छ कि नै, अप्रेसन थियटर छ कि नै, ICU सेट अप हुन्छ कि नै, रक्तदान गरी जम्मा गर्ने ब्लड ब्यान्क छ कि नै, नर्स र अन्य स्वास्थ्यकर्मिको Ratio मिल्छ कि नै l चिकित्सकलाई बस्ने सुबिधा छ कि नै । ध्यान अब यता राखौ है l
सबै बिशेषज्ञ चिकित्सकका आफ्ना-आफ्नै प्रबिधिक आबस्यकता हुन्छन । सरसामन मेडिकल औजार उपकरण अप्रेशन कक्ष लगायत के कती छन ? र त्यो कहिले कताबाट आउछन बिषेश चनाखो बनौ, चिकित्सकले ओ.पि.डि. मात्र हेर्ने कुरा हुँदैन सब कुराको चाजोपाजो मिल्यो कि नै, त्यो कुरामा पनि नेता गणबाट प्रतिस्पर्धा हुन जरुरी छ है l

अन्त्यमा, (Hub) हब अस्पताल सन्चालन सम्झौता बमोजिम निक साइमन्स इन्स्टिच्युट (NSI) ले चिकित्सकलाई थप बोनस रकम सहित बसाईमा सहजिकरण गरेको हुन्छ; र पुठान नै महत्व दिएर बिशेषज्ञ चिकित्सक पठाएकोमा धन्यबाद र आभार पाउने नेपाल सरकार र निक साइमन्स इन्स्टिच्युट (NSI) हो ।

अब, बाकी काम पुरा गर्न प्रतिस्पर्धा गरौ । शुभ-कामना :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?