
महेश पौडेल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ५,४५,०००/- ठगी गर्ने जिल्ला नवलपरासी देवचुली न.पा. वडा नं. ८ घर भई हाल का.जि.टोखा न.पा. वडा नं. ३ बस्ने वर्ष ३० को समिर आले मगरलाई मिति २०८०।०५।०८ गते का.जि. टोखा न.पा. वडा नं. ३ बाट नेपाल प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ।