शुक्रबार, भदौ २७, २०८२

तम्घास देखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्त्तेमा पहिरोले च्याप्यो

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये पाँच जना घाईते भएका छन् ।

पहिरोमा च्यापिएका तीन जनालाई अझै सम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ  । घटनाबारे थप बिवरण आउन बांकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?