
– बिन बहादुर रेग्मी, सुरत
(झिम्रुक पोस्ट सम्बाददाता)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षत्रिय समिति अन्तर्गत पर्ने वापि पस्चिम, वापि पुर्व ,दमन र सिलवासा नगर समितिको संयुक्त आयोजनामा एम सी सी चाहिदैन, देश बेच्न पाईदैन भन्ने मुलनाराको साथ वापि शहरमा भएको बिरोधसभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा पस्चिम भारत क्षेत्रेय अध्यक्ष बेद बहादुर कार्की ज्यू काे प्रमुख आतिथ्य, केन्द्रीय सदस्य गोविंद थापा , केन्द्रीय सदस्य रमकला काउछा ,केन्द्रीय सदस्य श्रीधर शर्मा ,केन्द्रीय सदस्य कृष्ण कुंवर ,पस्चिम भारत क्षेत्रेय उपाध्यक्ष बाबु राम दहित, महिला बिभाग केन्द्रीय सदस्य बिना काउछाले अतिथि आसन ग्रहण गर्नु भएको थियो र प्रमुख अतिथि बेद बहादुर कार्की ले बिरोध सभालाई सम्बोधन गर्दै भन्नुभयो अमेरिकी साम्राज्यवादले नेपाललाई युद्धको मैदान बनाउन खोजेको र नेपालमा बिकासको नाममा विनास गर्दै आफ्नो साम्राज्य खडा गर्न खोजेको र सच्चा देशभक्त नेपालीहरूले एम सी सी को बिरोध गरीरहेको बताउनु भयो।अमेरिकी साम्राज्यवादका दलालहरू र दलालका झोलेहरूले बिरोध गर्ने हिम्मत समेत गर्न नसकेको र कथित नयासक्ती नामधारीहरू पनि अमेरिकी साम्राज्यवादको गर्भबाट जन्म लियर नेपाली जनतालाई हामि राष्ट्रवादी र राष्टभक्ती हु भन्दै नेपाली जनता लाई भ्रमित पार्दै छन, सबै नेपाली आमावुवा दाजुभाई दिदी बहिनीहरूले आ आफ्नो ठाउबाट सशक्त भयर MCC बिरूध आवाज उठाऊन अनुरोध गर्नु भयो
बिरोध सभा कार्यक्रमको अध्यक्षता दमन नगर समिति अध्यक्ष सेर बहादुर बिकले गर्नु भयको कार्यक्रम मा स्वागत मन्तव्य वापि पस्चिम नगर सचिव देवेन्द्र रावल ले गर्नु भयको थियो भने सञ्चालन पस्चिम भारत क्षेत्रेय सदस्य निखिल रावत ले गर्नु भयको थियो