बिहिबार, भदौ २६, २०८२

भालुवाङ्गमा ७ बर्षिय बालिका बलात्कृत

महेस रिजाल

दाङ जिल्लाको भालुवाङ्गमा ७ बर्षिय बालिका बलात्कृत भएकि छिन । घटना विवरण अनुसार यहि भाद्र १५ गते राप्ती गा पा १ भालुवाङ् गौतमबुद्ध टाेल निवासी ने रा मा बि भालुवाङ् नजिकै बस्ने ७ बर्षिय बालिका लाई जवरजस्ति करणि गरेकाे आरोपमा साेहि टाेलका एक युवकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ्ले पक्राउ गरेकाे छ । बाआमा मजदुरिका लागि देश बाहिर रहेका ति बालिका का आफ्ना अपाङ्ग हजुरबाहजुर आमाको सङ्रक्षणमा छिन् । घटना १५ गते भएको भए पनि १७ गते राति मात्र ति बालिकाले सार्‍है दुखाइ भए पछि मात्र आफ्नि माईजुलाई जानकारी गराएकि थिइन् र घटना सार्वजनिक भएको हाे । अभियुक्त भनिएका उक्त युवक अहिले प्रहरी हिरासतमा राखि थप अनुसन्धान गरिरहेको छ भने बालिका काे स्वास्थ्य परिक्षण का लागि घाेराहि स्थित राप्ती उप-क्षेत्रीय अस्पाल पुराईएकाे प्रहरीले जानकारि दिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?