
कल्याण खड्का
२०५१ साल बैशाख २५ गतेको दिन म स्कुल बाट घरमा बारिमा बार बार्ने काम गरिराखेको थिए।बेलुका तेस्तै ५ बजेतिर हाम्रो घरदेखि माथी जमलचौतारामा जुलुस आएको रहेछ ,हल्लाखल्ला भएको थियो म त्यतै जान खोजेको थिए तर आमाले नजा भन्नू भयो र म गएन। म तेतिबेला महेन्द्र मा बि खलंगा मा अध्यान गर्द्थे, अनेरास्ववियु ( छैटौं ) को इकाई अध्यक्ष थिए र सचिब सरङ्कोटको साथी नुम ब मल्ल ( मुकुन्द मल्ल) हुनुहुन्थ्यो। अर्को दिन खलंगा स्कुल गए । स्कुल जादा फेरि खलंगामा एक प्रकारको आतंक नै थियो। अघिल्लो दिन २५ गतेको बेलुका बरौला बाट विद्यार्थी तथा अभिभाबक हरुले मोति मा बि बरौलाका तत्कालिन प्र अ भबानी बहादुर थापा लाई लिएर आएका रहेछ्न ,त्यही निहुँमा प्रहरिले विद्यार्थी माथी लाठीचार्ज गर्दै पक्राउ गरेको रहेछ , बिद्यार्थीहरुलाई नपिट भन्दा तत्कालिन जिबिस सभापती कर्णध्वज के सि लाई समेत निर्घात पिट्दै हिरासतमा लिएको थियो। अन्य पक्राउ पर्नेमा उमाराम आचार्य ,गोबिन्द गिरि ,सुर्य गुरुङ्ग ,बेदराज ज्ञवाली खलंगा का शैलेन्द शाक्य लगायत थुप्रै हुनुहुन्थ्यो। बरौला मोति माबिका प्र अ का गलत क्रियाकलाप को बिरुद्दमा विद्यार्थी हरुले आन्दोलन गरेका थिए । उनलाई उक्त बिधालय बाट सरुवा गर्नु पर्छ भन्ने विद्यार्थीहरुको माग थियो । त्यसैको लागि विद्यार्थीहरुले उनलाई समातेर सदरमुकाम खलङ्गा लिएर आएका थिए।२६ गते खलंगा को बजारको गल्ली भरी जुत्ता चप्पल थिए र बरौलाका विद्यार्थीहरु पनि बजारका घरहरुमा लुकेर बसेका थिए। त्यतिबेला ने क पा ( मसाल) को जिल्ला प्रबक्ता के बि गुरुङ्ग हुनुहुन्थ्यो। उहाको नेतृत्व मा मसालका नेताहरु बन्दिहरुलाई भेट्न जानू भयो तर भेट्न दिएन।२७ गते खलंगा मा जुलुस तथा सभा भयो ,पार्टी चोक जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध सभा भयो ।सभालाई इमान सिङ्ग भारती के बि गुरुङ्ग लगायतले बोल्नु भयो। तेतिबेलाको जुलुसको एउटा नारा थियो जेलका ताला टुट्नेछ्न ,हाम्रा साथी छुट्नेछ्न। त्यस पछि दैनिक जसो खलङ्गामा जुलुस तथा रेयाली भए। प्युठान मा संयुक्त बाम एकता भै राज्यको दमनको विरुद्ध मा आन्दोलन भए। जेठ १० गते जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम थियो । जिल्ला प्रशासन कार्यालयमा दुइवटा गेट थियो । सानो गेट भिमसेन मन्दिरनेर थियो,म पनि त्यही गेटमा दर्बानका झबिन्द्रमनी पौडेल सङ्गै थिए, उहा जिबिस सदस्य हुनुहुन्थ्यो। उक्त घेराउ कार्यक्रम सम्युक्त बामाआन्दोलन प्युठान ले गरेको थियो। नेताहरुमा मसालका प्रबक्ता के बि गुरुङ्ग एमालेका वीर ब सिह र सजमो का बुद्द ब जिसि हुनुहुन्थ्यो। प्रशासनले भित्रबाट घेराउ नगर्न माईकिङ गरिराखेको थियो भने बाहिरबाट आन्दोलनकारिले घेराउ कार्यक्रम गरिराखेका थिए। करिब दिउँसो १ बजेतिर पहिला सानोगेट नेर प्रहरिले लाठी चार्ज गर्यो र तितरबितर पारी त्यसपछी मुख्यगेट्नेर लाठिचार्ज गर्यो। त्यसपछी जुलुस लगाउदै फेरि प्रशासन कार्यालय अगाडि घेराउ कार्यक्रम भयो । फेरि पुलिस ले लाठी चार्ज अश्रुग्यास प्रहार गर्यो। पुलिस इन्स्पेक्टर ले आफै लाठी प्रहार गरि के बि गुरुङ्ग लगायत स्वर्गद्वारीका वीर ब पुन र एमाले नेता हरि बहादुर के सि लाई घाइते बनायो। मसालको सम्पर्क कार्यालयमा तेतिवेला बर्बोटका शिव पौडेल बस्नुहुन्थ्यो,उहाले उक्त लाठी चार्जको फोटो खिच्नु भएको रहेछ। त्यसपछी बेलुका भएपछी सबै नजिकका गाउँहरुमा जानू भयो र ११ गते फेरि खलंगामा जुलुस भयो। त्यस पछि उक्त दमनको विरुद्धमा असार ५ गते बिशाल जुलुस तथा सभा गर्नको लागि गाउँगाउँ मा जनताहरुलाई सङ्गठित गराउने अभियान चल्यो । असार ९गते तिर मसालका तत्कालिन जिल्ला सेक्रेटरी चोपलाल आचार्यले बागलुङ्ग बाट आउनु भएका नेता कृष्ण पौडेललाई गेजबाङ्ग लैजानको लागि भन्नुभयो । मैले उहालाई लगेर गेजबाङ्ग चिन्तामणी घिमिरेको मा लगे, त्यो बेलुका हामी ईश्वरी पन्डितको मा बसेउ। असार १० गते खलंगा मा विशाल जुलुस सहित सभा भयो।सभालाई एमाले नेता युबराज ज्ञवाली र मसालका नेता चित्र बहादुर केसिले सम्बोधन गर्नु भयो। त्यसपछी बरौला काण्डको विरुद्धमा जिबिस प्युठान ले जिल्ला ब्यापी हस्ताक्षर अभियान चलायो। तेतिबेलाको कङ्ग्रेस सरकारले कर्णध्वज केसि सहित सार्बजनिक अपराधको मुद्दा लगाई जेल चलान गर्यो।धेरै जसो गिरप्तार भएकाहरु धरौटिमा छुट्नु भयो तर कर्णध्वज केसि उमाराम आचार्य र गोबिन्द गिरि लामो समय कारागारमा बस्नु भयो। असार २६ गते सम्सद प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले ससद बिघटन गरि मध्यवती चुनाबको घोषणा भयो । त्यसको बिरुद्दमा प्युठान मा पनि मसाल जुलुस गर्ने कार्यक्रम थियो । मसालको पार्टी कार्यालय खलंगा सम्धीहोटेलको घरमा थियो । म र मुकुन्द मल्ल रेशम कुवर दिउँसो देखीनै माईकिङ गर्दै हिडेका थियौ । चोपलाल आचार्य लाई दिउँसो नै पुलिसले गिरप्तार गर्यो।बेलुका खलंगा मा बजारभरी प्रहरी तैनाथ थिए। त्यसपछी रेसम कुवर लगायत म समेत १० जना खलंगा अहिलेको बसपार्क को बाटो तिर गएर मसाल जुलुस गरेर पुलिसलाई छक्कौन लागेउ।बजारका प्रहरी सबै हामिलाइ समात्न आए , रेसम कुवरलाई समातेर लगे भने बाकी हामि हरु मकै घारिमा पसेउ। पुलिस माथी गएपछी तल बजारमा सरिता जिसि को नेतृत्व मा मसाल जुलुस सम्पन्न भयो। मध्यावती चुनाब हुने भएपछि ने क पा ( मसाल) ले पनि चुनाब उपयोग गर्ने नीति तेतिबेला भर्खरै सम्पन्न भएको छैटौ महाधिबेसन बाट लिएको रहेछ। चुनाबमा भाग लिने भएपछी कारागारमा रहेका कर्णध्वज केसि उमाराम आचार्य र गोबिन्द गिरिलाई कारागारबाट निकाल्नको लागि धरौटी राख्ने जग्गाको लालपुर्जा चाहिने भएपछी लाम्बेला रमेश गुरुङ सरको घर गएर मलाई लालपुर्जा लिएर आउन चोपलाल आचार्यले भन्नू भएको थियो ।त्यसपछी त्यही लालपुर्जा धरौटिमा राखेर उहाँहरु कारागार मुक्त हुनु भएको थियो।