शुक्रबार, चैत्र १६, २०८०

बंगलादेशसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुग्यो

 

१४ चैत, काठमाडौं । बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ ।

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ ।
पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको                                            नेपालले गोल नगरेको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध २–० को जित हात पार्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । त्यसयता नेपालले गोल गर्न नसकेको ५६८ मिनेट भएको छ ।

दशरथ रंगशालमा किर्गिस्तानविरुद्ध खेलेको भन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपालले गोल गर्न सकेन ।

नेपालले सुरुवाती दश मिनेट बलमा पकड जमाएपनि पहिलो एटेम्टका लागि २० मिनेट कुर्नुपर्‍यो । त्रिदेव गुरुङले उपलब्ध गराएको क्रसमा २१औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट हानेको फ्रि हेडर पोष्टमाथिबाट बाहिरियो ।

३७औं मिनेटमा बंगलादेशका इमोनको हेडर दिनेश राजवंशीले गोललाइन अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमल भुयनले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको हेडरले पोष्टको दिशा लिन सकेन भने ८२औं मिनेटमा दर्शक गुरुङ चुके ।

तीन खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु

बंगलादेशविरुद्ध खेल्दै नेपालका तीन खेलाडीले आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानको ओलम्पिक टिमविरुद्ध खेलेकै टिमलाई बंगलादेशविरुद्ध निरन्तरता दिएका थिए । मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले सुरुवाती रोजाइमा खेल्दै पहिलो पटक आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे ।

यसअघि किर्गिस्तानविरुद्ध खेले पनि त्यो आधिकारिक अन्तर्राष्ट्रिय खेल थिएन । यस्तै निशान खड्काले दोस्रो हाफमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे । अघिल्लो खेलमा पनि अन्तिम समयमा मैदान प्रवेश गरेका निशान ७१औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे ।

बंगलादेशले पूरै सेट परिवर्तन गर्दा इमोन र मेहदी हसनले डेब्यु गरेका थिए । अन्लाईन खबर

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal