
दीपेन्द्र सुनार प्युठान भदौ २४श्री जनचाहाना प्राथामिक विद्यालय झिमरुक गाउँपालिका वार्ड न १ सौतामारेमा विद्यालय ब्यावस्थापन तथा अभिभावक संघ गठन गरिएको छ।
आइतबार विद्यालयको प्राङ्गणमा शिक्षक , अभिभावक ,वडाकाजनप्रतिनिधि , गाउँकार्यपालिका सदस्य , विभिन्न दलका प्रतिनिधिहरु , समाजसेवी बुद्धजिवि सहित बसेको अभिभावक भेलाले लोक बहादुर जि.सी. को अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यावस्थापन समिति गठन गरेको छ।
ब्यावस्थापन समितिको सदस्यहरुमा दान बहादुर जि.सी., कौशला बि.क. , कुष्मा बि.क. मनोनीत सदस्यमा मीन ब. बि.क. प्रधानध्यापक राम बहादुर बि.क. शिक्षक तारा प्रसाद घिमिरे रहनुभएको छ।
साथै दुई जना मध्ये गाउँपालिकाले एक जना र वार्ड ले एक जना प्रतिनिधि मनोनीत गरि ९ जनाको विद्यालय ब्यावस्थापन समिती गठन गरिएको प्रधानध्यापक राम ब . बि.क. ले जानकारी दिएका छन।
त्यस्तै अभिभावक संघमा इमान बहादुर जि. सी. को अध्यक्षतामा ११ सदस्यीय अभिभावक संघ गठन गरिएको छ।
सदस्यहरुमा क्रमशः गिता जि.सी. जंग बहादुर बि.क. सीता नेपाली , मोहन बहादुर खत्री, अशोक नेपाली , निर्मला घिमिरे, जबुना रोकामगर, पदेन लोक बहादुर जि.सी.( ब्यावस्थापन समिति अध्यक्ष )
राम बहादुर बि. क . प्रधानध्यापक , र स – सचिब शिक्षिका गोमा खनाल रहनुभएको छ।
अभिभावक भेलामा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष लोक बहादुर जि. सी. को अध्यक्षता झिमरुक गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रधानध्यापक राम बहादुर बि. क. ले गर्नुभएको थियो।