शुक्रबार, भदौ २७, २०८२

जालन्धरमा मुल प्रबाह महिला बिभागको पक्षमा उर्लियो मानव सगर

शंकर प्रसाद पोख्रेल /कुल बहादुर बगाले

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत महिला बिभागको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम भव्य एवं शान्दार रुपमा सु- सम्पन्न गरेको छ।

 

केन्द्रिय महिला विभाग कि सदस्य शुष्मा खड्का द्वारा रिबन काटेर उदघान गरिएको उक्त प्रगतिशील तिजी कार्यक्रममा केन्द्रिय सदस्य कुल बहादुर बगाले वैकल्पिक सदस्य धन बहादुर गोर्खाली सल्लाहकार जितमान थापा केन्द्रिय परिषद तथा सुदूर-पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण खड्का , क्षेत्रीय सदस्य राज कुमार शाही , क्षेत्रीय महिला विभाग कि सदस्य मीना बगाले, मीना थापा नगर समिति बाट हिम प्रसाद सुनाम, तिल बहादुर थापा , लक्ष्मण के.सी. त्यसैगरी हाम्रो स्वर्गद्वारी बस व्यावसायिक संघ को तर्फबाट कृष्ण कुमार , एम .डी .सुपा देउराली बस व्यावसायिक को तर्फबाट रिषी कुँवर, न्यू सागर एण्ड सगरमाथा को तर्फबाट गणेश पोख्रेल विशिस्ट व्यक्तित्वहरुको उपस्थित रहेको थियो। तत्पश्चात ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौन धारणगरि अगाडि बढेको कार्यक्रममा केन्द्रिय महिला विभाग कि सदस्य शुष्मा खड्का ले रिबन काटेर उदघाट्न गर्नु भएको थियो। भने कार्यक्रमको संचालन मीना गाहा एवं लक्ष्मी थापाको अध्यक्षता रहेको थियो ।

 

सास्कृती विभागका कलाकार टोलीद्वार सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। भने महिला विभाग दिदीबहिनीहरुले महिनौं देखि रिहर्सल गर्दै आउनु प्रगतिशील तिजी गीत मा नृत्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो! उक्त तिजी कार्यक्रममा उपस्थित जनसमुदाय तथा सहभागिहरुलाई खाना र मिस्ठान खिर स्पेसल व्यवस्था हाम्रो स्वर्गद्वारी बस व्यावसायिक ले व्यवस्था गरेको थियो भने सुपा देउराली एवं न्यू सागर एण्ड सगरमाथा ले आर्थिक नैतिक र भौतिक सहयोग गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?