शुक्रबार, फाल्गुन २९, २०८२ | Friday 13th March 2026
राष्ट्रिय जनमोर्चा डडेल्धुराको भेला सम्पन्न अध्यक्षमा चन्द्रदेव विक, सचिव टंक अवस्थी
झिमरुक पोस्ट
शनिबार, भदौ ३०, २०८०
डडेल्धुरा । राष्ट्रिय जनमोर्चा डडेल्धुराको अध्यक्षमा चन्द्रदेव विक चयन हुनुभएको छ । शनिवार सम्पन्न भेलाले विकको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिव टंक अवस्थी, सहसचिव हरिष विक र कोषाध्यक्षमा रघुवीर कामी चयन हुनुभएको छ । सदस्यहरूमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्ट निर्वाचित हुनुभएको छ ।
भेलाले तीन सदस्यीय सल्लाहाकार समितिसमेत चयन गरेको छ । जसको संयोजक उद्ववसिंह ऐर तथा सदस्यहरुमा मानबहादुर ऐर र बेलु विक रहनुभएको छ ।
‘राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो जिल्ला भेलाको उद्घाटन राजमो केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो ।
अध्यक्ष चन्द्रदेव विकको अध्यक्षतामा सम्पन्न भेलालाई अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष हेमराज भट्ट, अखिल नेपाल शिक्षक संगठनका चेत साउद र राजमो प्रदेश सदस्य उद्ववसिंह ऐर लगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।