
टुक बहादुर रामदाम मस्कट ओमान,
हिन्दु नेपालीहरुको धार्मिक तथा साँस्कृतिक महान पर्व हरितालिका तिजको पावन अवसरमा नेपाली महिला समूह ओमानले आयोजना गरेको (तिज धमका 2023) तिजि कार्यक्रम सेप्टेम्बर १५ तारिख सुक्रबारको दिन मस्कट कुरुम स्थित जंगल रेस्टुरेन्टको हलमा बृहत् कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

fbt
कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावास ओमानका द्धितिय सचिब बिशेष कुमार शाह ज्यु, कार्यक्रमका बिशेष अतिथी श्रम सहचारी गोबिन्द आचार्य ज्यु साथै ओमानमा कृयासिल बिभिन्न संघ संस्थाका प्रतिनिधी समाजसेवीहरु अतिथीहरु रहनु भएको कार्यक्रममा सभा अध्यक्ष महिला समुह ओमानकी अध्यक्ष मादी गरुङ हुनुहुन्थ्यो भने समाजकी महासचिव गोमा मगरले संचालन गर्नु भयको थियो।
कार्यक्रममा स्थानीय कलाकार हरुको बिजोड प्रस्तुती रहेको सो कार्यक्रम मा मस्कटमा रहने नेपाली हरुको उल्लेखनीय उपस्थित थियो भने मस्कट भन्दा बाहिर सुर , सोहार निजुवा देखी पनि नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थीती रहेको सो कार्यक्रम उत्साहजनक थियो ।
साँगितिक प्रस्तुती दिई कार्यक्रमलाइ सफल पार्नुहुने कलाकारहरु लाई, कार्यक्रमलाई आर्थिक नैतिक एबम भौतिक रुपमा सहयोग प्रदान गर्नु हुने सहयोगी दाताहरु, अल मुदिस कम्पनी, सिटि एक्सप्रेस, चेत कुमार तमु, गणेश राई ज्यु, नेपाली समाज ओमान , जन सम्पर्क समिती ओमान , मुन्ना परियार, नानु गुरुङ, बिमला सुनार , गिता घिमेरे, देबि राना लगायतका प्रायोजक कर्ताहरुलाइ सोहि कार्यक्रमा हार्दिक आभार व्यक्त सहित समान पनि गरिएको थियो ।