शनिबार, साउन १२, २०८१

चेन्नैमा तिजी कार्यक्रम सम्पन्न

मिति १७/०९/२०२३
लाेकेन्द्र पाैडेल दक्षिण भारत
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण संयुक्त महिला विभागको आयोजनामा महिलाहरूको हरितालिका तिजी कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समिती संयोजक चंद्रिका पौडेलको अध्यक्षता
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सचिवालय सदस्य डिल्ली प्रसाद शर्माको प्रमुख अथिति , मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापा, केन्द्रीय सदस्य केसमान नेपाली, मूल प्रवाह क्षेत्रिय सचिवलय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य कोटि प्रसाद पोखरेल, क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसे, क्षेत्रीय सदस्य बुध्दिराम पौडेल, क्षेत्रिय सदस्य गोपाल बि क, क्षेत्रीय सदस्य तेजेंद्र पुन, क्षेत्रिय सदस्य नेत्र प्रसाद शर्मा, क्षेत्रिय सदस्य खगराज शर्मा ,क्षेत्रिय सदस्य सूर्य प्रसाद भुसाल, पश्चिम नगर सदस्य चिन्तामणि आचर्या, चेन्नई पूर्व नगर महिला विभागबाट सम्झना नेपाली,र रक्तिम साँस्कृतिक परिवारको तर्फबाट दिलबहादुर जिएमको ,अथिति आसनगण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मनधारणा पस्ताप उपस्थित जनमानस लाई शब्दबाट दक्षिणा नगर महिला विभाग सदस्य लिला ढकाल र रक्तिम सांस्कृतिक परिवारले गीतबाट स्वागत गर्नु भयको थियो।
कार्यक्रमको उदघाटन क्षेत्रिय सचिबालाय सदस्य दिल्ली प्रसाद शर्माले मैनबत्ती बालेर तालीको गडगड़ाबीच उदघाटन गर्नुभएको थियो। उहाले उदघाटन भाषणमा महिला हरुको तिजी तीज जस्तो नरहेको तिजीको नाउमा बेथिति बड्दै गायको अबस्थामा मूल प्रवाह ले त्यसको बिरोधमा प्रगति सिल ढङ्ग बाट तीज लाई आफ्नो सांस्कृतिक परम्परालाई कायम राख्ने गरि मनाउँदै आएको र मूल प्रवाहमा आवद्ध महिलाहरुले त्यसको चिरफार गर्दै अगाडि बढ्न पर्ने आसवाना दिन भयको थिय।।
त्यस्तै मूल प्रवाहअखिल भारत नेपाली एकता समाज का केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापाले तिजको शुभकामना मन्तव्य राख्दै महिलाहरुले तेजलाई एउटा राष्ट्र र राष्ट्रियताको पक्षमा आन्दोलनको रूपमा हुनेगरी मनाउन पर्ने सुझाब दिनुभएको थियो उहाँले अगाडी भन्नुभयो अहिले आएर तीजलाई छाडा प्रर्विधि मा प्रयोग गरी राखेको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले त्यसलाई चिरफर गर्नपर्ने आवश्यक रहेको बताउनु भयो।। केन्द्रीय सदस्य केसमान नेपाली, क्षेत्रिय सचिवलाई सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य कोटि प्रसाद पोखरेल, बुध्दिराम पौडेल, नेत्रलाल शर्मा, तेजेंद्र पुन, उमानंद चालीस, गोपाल बिक, खगराज शर्मा सूर्य भुसाल, चिंतामणि शर्मा लगायत ले शुभकामना मनताब्य राख्नु भयको थियो भने कार्यक्रमको संचालन दक्षिण नगरर महिला विभाग संयोजक तथा संयुक्त महिला विभाग संयोजक नबिना बस्नेत पौडेल ले गर्नुभएको थियो ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal