शनिबार, साउन १२, २०८१

मूल प्रवाहको सचिन नगर महिला विभागले मनायो तिजि कार्यक्रम

सचिन, सुरत। बिन बहादुर रेग्मी

दिनांक 18 सेप्टेम्बर 2023 सोमबार।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर महिला विभागको आयोजनामा आज भव्य प्रगतिशिल तीज कार्यक्रम सफल सम्पन्न भएको समाचार छ। दिनभरिको झरी पानीमा भिज्दै नाचेको रमाएको दृश्य मनमोहक हेर्नलायक आकर्षक थियों। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर महिला विभाग सँयोजक इन्द्रा सोनीको अध्यक्षतामा, सोनिया पौडेल ज्यू को सञ्चालनमा अगाडि बढेको कार्यक्रममा उपस्थित जनसमुदायलाई सुजाता भण्डारी र आशा सिङ सोनीले स्वागत गर्ने कार्यक्रम थियो। रक्तिम कलाकारको स्वागत गीतले र कलाकार भाई बैनीको नृत्यमा वर्षातको झरीले संगीत भरेको रोमाञ्चक पल थियों। रमाउन जानें पछि मौसमले साथ नदिएको अबस्थामा पनि जोश जाँगर सक्रियता देखाउँदै कार्यक्रमका भिज्दै रुझ्दै अगाडि बढ्यो। प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षत्रिय महिला विभाग सदस्य सविना कुँवरको आतिथ्य ग्रहण पश्चात, पश्चिम भारत क्षत्रिय महिला विभाग सदस्य सुष्मिता गिरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षत्रिय कोषाध्यक्ष हरि कुमार गिरि,सदस्य प्रकाश जनाला, पूर्ण वि क,मूल प्रवाह सुरत नगर अध्यक्ष किशोर ताम्राकार, सुरत नगर महिला विभाग सँयोजक शान्ति तिरूवा, सचिन नगर समिति अध्यक्ष बिन बहादुर रेग्मी ज्यू को अतिथि आसन ग्रहण गर्नु भएको थियो। मञ्चमा आसीन अतिथि सम्मानको लागि सचिन नगर महिला विभाग सदस्य वेबु साउँद ज्यू ले अतिथि ब्याच लगाइदिनु भयाे। रक्तिम कलाकार को प्रश्तुति आकर्षणको केन्द्र बिन्दु थियों। प्रमूख अतिथि को आशनबाट बोल्दै सविना कुँवर ज्यू ले भन्नु भयो, हामी प्रबाशमा पनि यसरि तिज कार्यक्रम आयोजना गरेर सामाजमा प्रगतिशिल रुपान्तरणको सन्देश दिन पाउँदा खुशी छौ, हामीलाई पनि देशको मायाँ छ, वर्ग संघर्षको अंशियार हामि पनि हौ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मूल नारा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता र MCC खारेज गरौं।” भन्दै भारत व्यापी तीज कार्यक्रम धुमधाम का साथ संपन्न भएका छन, हामिले पनि संसार भरिबाट लाईभ हेरेर बस्नु भएका हजारौं लाखौं जनसमुदाय बिच सचिनको शहरमा पनि महिला मुक्ति आन्दोलन को बिगुल फुक्दै प्रगतिशिल तीज कार्यक्रम सम्पन्न भएको संदेश दिन सफल भएका छौं भन्नु भयो। पानी झरीमा रुझ्दै भिज्दै रमाउँदै कार्यक्रम सफल पार्दिनु भएकोमा धन्यबाद भन्दै कार्यक्रम समापन भएको घोषणा अध्यक्ष इन्द्रा सोनी ज्यु ले गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal