बुटवल : सिटी एक्सप्रेस वचत तथा ऋण सहकारी संथा लि. सेवा केन्द्र बुटवलको आव २०८०÷०८१ को प्रथम विस्तारित मञ्चको बैठक बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मालारानी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र नाथ भुसालले सहकारी सबैको पहुचमा पुगेर सेबा दिन अनुरोध गरे । संस्थालाई नमुना बनाएर अगाडी बढाउन समेत अनुरोध गरे । सहकारीहरु सेवामुखी हुनु पर्ने उनले बताए ।
अतिथी टेक नारायण टण्डनले सहकारीले आफ्ना सेबाकेन्द्रहरु भएको ठाउमा पुगेर बिस्तारित बैठक गर्नुले सहकारीलाई अझ बलियो बनाउदै लैजान सहजहुने बताए । धुर्वतारा सयपत्री बचत तथा ऋण सहकारी संथाका अध्यक्ष मान बहादुर कुवरले सहकारीको मुल्य मान्यतालाक्षर्् अंगालेर सहकारी संस्था संचालन भएमा सहकारीहरु राम्रो संग अगाडी बढाउन सकिने बताए ।
सहकारीको बारेमा सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नारायण बहादुर बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रममा असल ऋणी अन्जदली मिया र उत्कृष्ट नियमित बचत कर्ता ज्ञान बहादुर भण्डारीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम सिटी एक्प्रेस बचत तथा ऋण सहकारी संथाका लेखा समिती संयोजक अशोक टण्डनको अध्यक्षता शेयर सदस्य महेश पन्थिको स्वागत र संस्थाका कर्मचारी सुर्य बहादुर कुवँरको संचालनमा समपन्न भएको थियो ।