शुक्रबार, मंसिर १५, २०८०

कम्युनिस्ट नेता गुरुङको सम्झनामा स्मृतिसभा नारिकोटमा सम्पन्न

असोज ३, प्युठान ।
जुमान सिंह के सी
नेपाल कम्युनिस्ट पार्टी प्युठानका सस्थापक तथा नेकपा मसालका नेता खगुलाल गुरुङको तेस्रो स्मृतिसभा गौमुखी गाउँपालिकाको नारिकोटमा सम्पन्न भएको छ।
र्राष्ट्रिय जनमोर्चा गौमुखी पालिका समितिको आयोजनामा स्मृतिसभा गरिएको राजमो गौमुखीले जनाएको छ।
कम्युनिस्ट नेता खगुलाल गुरुङ एक हक्की र सर्वहारा बर्गको निम्ति लगातार आन्दोलनमा होमिएको ब्यक्ति भएको नेकपा मसाल प्युठानले बताएको छ।

स्मृतिसभाको प्रमुख अतिथि नेकपा मसालका लुम्बिनी प्रदेश प्रबक्ता तिलक जिसीले गुरुङ पन्चायत काल देखि नेपाली जनताको पक्षमा संघर्ष गर्दै आएको एक महान ब्यक्ति भएको भन्दै उहाँले अङालेका बिचारलाई सबैले आत्मसात गर्न पर्ने बताउनु भयो ” उहाँले भन्नू भयो कुनै स्वार्थ बिना बाचुन्जेल पार्टीको नितिमा रहि प्यठानी तथा नेपाली जनताको हक अधिकारको लागि जिवनभर लडिरहेको इतिहास छ त्यसैले उहाँको सपना पूरा गर्न समाजका सबै सचेत बर्गले ध्यान दिन सकेमा मात्र उहाको वास्तविक स्मृतिसभा हुन सक्ने उल्लेख गर्नु भएको थियो।

र्राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्युठानको किसान आन्दोलन लगाएत सामन्तहरुको हालिमुहाली तोड्नमा गुरुङको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो” उहाले गाउँगाउँमा जनतालाई सास्ती दिने मुख्य जिम्माल सामन्तहरुको विरुद्धमा नेतृत्वदायी भुमिका निर्वाह गरि लडेको इतिहासको उल्लेख गर्नु भयो। उहाँले एकसय तीन वर्ष सम्मको उमेरमा पनि सधै लेख्ने, पढ्ने र देशको चिन्ता गरिरहेको स्मरण गराउदै तेस्ता महान आदर्श पुरुषबाट सबै पार्टी, आम कार्यकर्ता तथा सचेतबर्गले उहाँबाट सिक्न जरुरी रहेको बताउनु भएको थियो।

खगुलाल गुरुङ नेकपा मसालका महामन्त्री तथा कम्युनिस्ट नेता मोहनबिक्रम सिंहको एक बिश्वास पात्र भएको र हरेक आन्दोलनमा सिंह र गुरुङ को आपसी सल्लाहबाट कार्यक्रम तय हुने गरेको नेकपा मसाल प्युठानले बताएको छ।
कार्यक्रममा विभिन्न पार्टीका नेताहरुले खगुलाल गुरुङले गरेका सकारात्मक कार्यको चर्चा परिचर्चा गरेका थिए ।
स्मरण रहोस स्वर्गीय गुरुङ कम्युनिस्ट पार्टी र आम सर्वसाधारण जनताको न्यायको लागि लड्दा तत्कालीन प्रहरीले अपहरण गरी प्युठान,सल्यान र पाल्पामा गरि एकवर्ष कारागारम (जेल )बस्नु परेको थियो।

स्मृतिसभामा नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्रका नेता, जनमोर्चाका नेता कार्यकर्ता,स्थानीय जनप्रतिनिधि, शुभचिन्तक, घरपरिवारका सदस्य लगाएतको उल्लेखनीय सहभागीता रहेको थियो।

राजमोका पालिका सदस्य हुकुम बहादुर थापाको स्वागत मन्तब्य बाट अगाडिबढेको कार्यक्रमको सन्चालन राजमोका वीर बहादुर के सी ले गर्नु भएको थियो भने अध्यक्षता र्राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिका अध्यक्ष जनक के सी ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?