
जुमान सिंह के सी
प्युठान ।
जातीय समता समाज प्युठानले तीन दिने जिल्ला स्तरीय सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ। शुक्रबार देखि सन्चालन भएको प्रशिक्षण आइतबार जिल्ला भेलामा परिणत गर्ने कार्यक्रम तय भएको समता समाज प्युठानका अध्यक्ष शम्सेर परियारले जानकारी दिनु भयो।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जातीय समता समाजका केन्द्रिय अध्यक्ष तथा र्राष्ट्रिय सभाका सदस्य तुल प्रसाद विश्वकर्मा राजेशले उद्घाटन गर्नु भएको थियोे । उद्घाटन समारोहमा बोल्दै बिश्वकर्माले अझै पनि देशमा जातीय विभेद र अन्याय कायम रहेको भन्दै समाजमा सचेतना र पैरवीको आवस्यक रहेको बताउनु भयो उहाँले भन्नू भयो दलितमाथि भैरहेको शोषण सभ्य र सचेत समाजको निम्ति स्वीकार नहुने बताउनु भयो।
साथै उहाँले मानवलेनै विभिन्न जातको निर्माण गरेकोले सामन्ती प्रकारको सोचाइ र व्यबहारलाई जरैदेखि उखल्न पर्ने उल्लेख गर्नु भयो ।
जातिय ब्यबस्था, जातिय अधारमा गरिने बिभेद अन्याय पुर्ण छ यसलाई फल्नकोलागी दलितहरुले मात्र सम्भव नरहेकोले वर्गीय आन्दोलनले मात्र फाल्न सकिने बताउनु भयो।
उहाँले र्राष्ट्रिय जनमोर्चाले कुनै जाती विशेष भन्दा पनि समाजमा अन्यायमा परेका सबै जाति वर्गहरुको हित र उत्थानका लागि बर्गिय आन्दोलन मुक्तिको लडाइमा लागेकोले सबैलाई एक भएर लाग्न आग्रह गर्नु भयो। आफुले सदनमा पनि आवाज बुलन्द गर्ने बताउनु भयो।
र्राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले जातिय छुवाछुत अन्त्यका लागि विभिन्न ऐन कानुनहरु निर्माण भए त्यसको सहि कार्यनयन नहुदा समस्या पैदा भएको बताउनु भयो समाजमा दुई खालका वर्ग भएकोले विभेद हुने गरेको उल्लेख गर्नु भयो।
आफ्नो हक अधिकारलाई स्थपित गराउन र सबै बराबर अवस्थामा आउनको लागि सबै एक ढिक्का भएर अगाडि बाढ्नुको विकल्प नभएको बताउनु भयो।
नेकपा मसाल प्युठानका प्रवक्ता राम पहाडीले सहि बिचार र दृस्ठिकोणले मात्रै समाजको समग्र बिकास हुने बताउनु भयो नेकपा मसाल आम शोषित उत्पीडित जनताको पार्टी भएकोले निरन्तर लागि परेको बताउनु भयो उहाँले अहिलेको ब्यबस्था बाट पनि सबै अधिकार प्राप्त नहुने भन्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य रहेको बताउनु भयो।
कार्यक्रममा र्राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य बासुदेब पोख्रेल लगाएत पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रमको अध्यक्षता जातीय समता समाजका जिल्ला अध्यक्ष शम्सेर परियार गर्नु भएको थियो भने संचालन सचीव खिम बहादुर बिकके गर्नु भएको थियो स्वागत भासण बिनोद कुमार विस्वकर्माले गर्नुभएको थियो।
शुक्रबार देखि सुरु भएको प्रशिक्षण आइतबार सम्म चल्ने आयोजकले जनाएको छ।क