
तिलोतमा र सैनमौनामा अभियान
राष्ट्रिय जनमोर्चाले ऐतिहासिक तीन अभियान कार्यक्रमअन्त्रगत रुपन्देही जिल्लामा सदस्यता अभियान र सङ्गठन निर्माणलाई तीव्रता दिएको छ ।
२०८० असोज ७ गते आइतबार मात्रै राजमोले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका औपचारिक कार्यक्रमसँगै सदस्यता अभियानको सुरु गरेको हो ।
त्यस क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राजमोले सदस्य प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको छ ।
मिनु थापाको अध्यक्षता, नगेन्द्रराज श्रीनेटको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली र राजमो जिल्ला सल्लाहकार रुकबहादुर पराजुलीले मन्तव्य राख्नुभएको थियो ।
सैनामैनामा पनि भव्य रूपमा सदस्यता वितरण अभियानको उद्घाटन गरिएको छ ।
राजमो जिल्ला अध्यक्ष टानबहादुर केसीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राजमो सैनामैना नगर अध्यक्ष रामबहादुर बस्याल, जिल्ला सल्लाहकार कृष्णबम मल्ल, राजमो जिल्ला सहसचिव लालबहादुर क्षेत्री, अखिल नेपाल महिला सङ्घ सैनामैना नगर सदस्य कल्पना मल्ल, अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का जिल्ला सचिव जयश्वर रेग्मीलगायतले कार्यक्रममा आतिथ्यसहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थिए।
सिदार्थनगरमा राजमोको अभियान सुरु
रुपन्देहीको सिद्धार्थनगरमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान सुरु भएको छ ।
केन्द्रीय सल्लाहकार बद्रे आलमको प्रमुख आतिथ्यमा २०८० असोज ७ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ७ बाट उक्त अभियान सुरु भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि आलम र राजमो सिद्धार्थनगर नगर समितिका उपाध्यक्ष कविराम भट्टराईले गाउँघर, समाज र राष्ट्रको तात्कालिक अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
उहाँहरूले सरकारका गलत नीति तथा कार्यक्रमका कारण देश बर्बाद हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सबै देशभक्त, न्यायप्रेमी जनसमुदायले आफ्नो मुक्तिका लागि तथा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि राष्ट्रिय जनमोर्चाको झन्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन गर्दै गर्दा पाँच जना साथीहरूले राजमोको नयाँ सदस्यता ग्रहण गर्नुभएको थियो ।
सो अवसरमा उपस्थित सहभागीले राष्ट्रघाती राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा, एमसिसी र सङ्घीयताको खारेजी, तस्करी, घुसखोरी, भ्रष्टाचारीमाथि कारबाही, कालाबजारी र बढ्दो महङ्गी नियन्त्रण, ऐतिहासिक तीन अभियानको सफलता, भारतीय साम्राज्यवाद तथा अमेरिकी साम्राज्यवादको विरोधलगायतका विषयमा नारा लगाइएको थियो ।
शंकर प्रसाद पोख्रेल, बुटवल ,रुपन्देही
९० वर्षीय आमा शान्ताकुमारी पोख्रेललाई सदस्यता प्रदान गर्दै रुपन्देहीको बुटवलमा राष्ट्रिय जनमोर्चाको सदस्यता अभियान सुरु भएको छ ।
राजमो बुटवल नगर समितिका अध्यक्ष पदम श्रेष्ठको प्रमुख आतिथ्यमा २०८० असोज ७ गते आइतबार सो कार्यक्रमको प्रारम्भ भएको हो ।
कार्यक्रमको प्रारम्भ प्रमुख अतिथि श्रेष्ठ र विशिष्ट अतिथि आचार्यको हातबाट वडा नं. २ को मैनाबगरस्थित ९० वर्षीया पोख्रेललाई राजमोको सदस्यता दिएर सुरु भएको थियो ।
“तीन ऐतिहासिक अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” मूल नाराका साथ सो कार्यक्रम अगाडि बढेको थियो ।
विशिष्ट अतिथि कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य रहनुभएको सो कार्यक्रमको अध्यक्षता राजमो बुटवल–२ का अध्यक्ष केशरबहादुर रानाले तथा सञ्चालन राजमो जिल्ला सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
टोल समिति गठन
सदस्यता वितरणसँगै सोही वडाको मैनाबगरमा राजमोको टोल समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा मनिषा बुढाथोकी, सचिवमा पदमप्रसाद पौडेल र कोषाध्यक्ष डेकराज बन्जाडे रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा लालबहादुर बुढाथोकी, कमला राना र शीत विक रहनुभएको छ ।