बिहिबार, भदौ २६, २०८२

बागलुङको हुग्दिसिरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न

 

राष्ट्रिय जनमाेर्चा बागलुङले ०८० असाेज ५ गतेदेखि २७ गते सम्म सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियान अन्तरगत बरेङ गाउँ पालिका वडा नं. २ हुग्दिशिरमा वडा स्तरीय प्रशिक्षण भेला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाले मुलककाे व्यापार घाटा बढ्दै जादा देश अार्थिक संकटमा फसेकाे छ । यसैले अब मुलुकले संघीयताकाे बाेझ थेग्न नसकेको बताउदै संघीयता खारेजीकाे बिकल्प नरहेको बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य हिरा बहादुर थापा, राजमाे बरेङका अध्यक्ष पुर्ण बहादुर पुन लगायतले प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रममा अखिल नेपाल युवक संघ बागलुङका काेषाध्यक्ष दुर्गा थापा, राजमाेका नेता घन बहादुर थापा, कार्यपालिका सदस्य जमुना बितालु लगायतका अातित्थ्यता रहेकाे थियाे । भेलाले टाेल समिति निर्माण साथै सदस्यता बितरणकाे कार्यक्रम बनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?