बिहिबार, भदौ २६, २०८२

महिला विभेद, सामाजिक अभिशाप र पिडाको कथा

तारा सोमरे
हिसार,
प्रस्तुत लेखमा मैले काल्पनिक पात्रहरु मार्फत यो सामाजिक संरचना भित्र महिलाहरु माथी हुने दर्दनाक अमानवियता लाई पस्कने प्रयास गर्दैछु।
आज म १३ वर्षको उमेर मा बिबाह बन्धन मा बाधिएकी चेली र १५वर्ष कि चेलिको पिडादायक जीवन र उनिहरुको कोखमा जन्मिएका दुई नानिहरुको भविष्य प्रत्ती प्रकाश पार्ने छु।
मानव समाज भनेको लाखौं जीव व प्रजातिहरु भन्दा उच्चस्तरीय रुपमा विकास भएको छ।कतिपय जनावर व पंक्षिहरु मानिसको केही नक्कल वा मानिसले दिएको प्रशिक्षण पछि आंशिक रुपमा मानिसलाई सहयोग गर्छन् ।
चेतनशील ,सामाजिक प्राणिको रुपमा गुणस्तरीय विकास हुँदाहुँदै पनि केही व्यावहार वा क्रियाकलापहरुलाई हेर्दा वा गहिराई साथ बुज्दा अमानवीय रुपमा गिरेर मानिसले प्रशिक्षण गरिएका जनावर भन्दापनी तल झरेर कार्यहरु गरेका हुन्छन् ।
मानिस मानिसको बिचमा घुलमिल भएर हरेक मानिसहरुको नजिकैबाँट उसलाई सम्झन वा बुझ्नको लागि व्याक्तिगत स्वार्थ भन्दा माथी उठेर सामाजिक जिवनलाई व्यापित गर्ने क्रममा मानवता ले भोगिरहेका दर्दनाक पीडा,सहेका अन्याय ,भोक प्यासले छट्पटाई रहेका लाखौं मानिसहरु सँग प्रत्यक्ष भेटेर उनिहरुले विताएका दैनिकी दिनचर्या वा भोगिरहेका कठोर जिवनको बारेमा बुझ्न वा देख्न सकिन्छ।
म सामाजिक संगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज शीत आवद्ध भएर भारतमा बस्ने श्रमजीवी नेपालीहरुको हरेक दुख,सुख र अन्याय ,अत्याचार को साथमा पारिवारिक झै झगडा र देश भित्र हुने जनतन्त्रिक आन्दोलन सँग प्रत्यक्ष वा अ प्रत्यक्ष रुपमा २७ वर्ष देखि जोडिएर कर्य गर्दै आउँदा अत्यन्तै पिडादायक जीवन बिताई रहेका मानिसहरु सँग वहाँहरुका समस्यालाई समाधान गर्दै आएका छौं।
यहीँ यात्रामा श्रमजीवी नेपालीहरुको घरदैलो मा पुग्दै गर्दा काल्पनिक नाम(रिना) र फुलमती उमेर १७,१८ वर्षको नाबालिक आमा बनिसक्नु भएका नानिहरु सँग मिले।
दुवैको पीडा झंडै एकजस्तै थियो।रिनाको को अलिक फरक भनेको उनले अर्को पुरुष मित्रसँग बिबाह नै गर्न खोजेको रहेछन् ।
दुवै बिचमा पुगेर उनिहरुले पोखेका दर्दहरु अत्यन्तै लाजस्पद र सुन्दा आँखा देखि आँसु आउने कुराहरु बताएका थिए।जस्तैः रिनाले आफ्नो पीडा बताए अनुसार उनिको विवाह मात्र१३ वर्षको उमेर मा करिब २४,२५ वर्षको युवक सँग आमाबाबा ले मदिरापन पिउने लालचमा गरिदिएको र अहिले १७ वर्षको उमेर सम्म आईपुग्दा २ वर्षको छोरीको जन्मी सकेकी रहेछन् ।
उनिले आफ्नो पीडा बताए अनुसार उनको श्रीमान द्दारा अमानवीय रुपमा गएर दिने यतानाहरु,अनावश्यक शंकास्पद गर्ने,कुनै परपुरुष उनको (श्रीमान)को पछाडी घरमा आएर जानू भयोभने उनिले लगाएको भित्री वस्त्र सम्म चेक गर्दा रहेछन् ।अहिले रिना श्रीमानको पिडालाई सहनै नसक्ने अवस्थामा सामाजिक कार्यकर्ताको मद्धत लिएकी छन् ।उनिले ल्याएका बिषयहरुमा गम्भीरतापर्ूवक छलफल गरि केही समाधान गरेको छ।
त्यस्तै गरेर फुलमतिको समस्या १४,१५ वर्षको उमेर मा सामाजिक संजालद्दारा मायाप्रेम गरि बिबाह गरेको रहेछन् ।आज उनी२०वर्षको भएकी छन् ।तर उनको काखमा पनि 2 वर्ष कि नानी जन्मी सकेकी रहेछन् ।उनिको समस्या पनि रिना सँग मिल्दोजुल्दो नै छ फरक मात्र श्रीमानद्दारा भित्री बस्त्र चेक गर्दैन ।
दुवै नाबालिक अवस्था मा आमा बनी सकेका र उनिहरुमाथी भएका अत्याचार ,भोगेका पिडाहरु अत्यन्तै दुखदाय छन् ।देशको वैवाहिक नियमलाई हेर्ने हो भनेपनी २०वर्ष भन्दापहिला कानुनी रुपमा विवाहा भएको स्वीकार गर्दैनन् ।तर यहाँ नाबालिक आमा बनिसकेका र अर्को विवाह सम्म गर्न तयार भएकी छन् ।
यस्ता घट्नाहरु नेपाली समाजमा कुनै नयाँ हैन,तर २१औं शताब्दीमा यसरी नाबालिक बच्चिहरुमाथी हुने अत्याचार ,दमन उनिहरुको शारीरिक रुपमा स्वास्थ माथी भएका जोखिम पुर्ण दर्दनाक पिडाले सिङ्गो मानव समाजलाई एउटा् गम्भीर खतरा भएको छ।
समाज भित्र यस्ता प्रकारका घट्नाहरुलाई रोक्नको लागि र पारिवारिक सम्बन्धलाई सभ्य रुपमा जोड्दै उच्चस्तरीय चेतनशील प्राणिको परिचय दिनको लागि स्थानीय तह देखि केन्द्र सम्म समाजको नेतृत्व गर्ने सत्तापक्ष मात्र नभएर विपक्ष मा बस्ने राजनीतिक पार्टिका कार्यकर्ता,सामाजिक कार्यकर्ता एवम् मानव समाजलाई संरक्षण गर्नको लागि लाग्नु भएका शिक्षित ,बुद्दिजिवी एक्यवद्धता भएर विवाह,परिवार भनेको केहो?भन्ने संदेश वाहक बनी निस्वार्थ रुपमा कार्यगर्न अति आवश्यक छ।
आज फाईब स्टार ,थ्रीस्टार ,होटल ,रेस्टुरेन्टहरुमा नारिहरु प्रत्ती भएका विभेदकारी दमनका विरुद्धका कार्यक्रम र यस्ता महिलाहरुका जीवन शीत मेल खादैन र कहिल्यै न्याय पनि मिल्ने छैन। नारी मुक्ति आन्दोलन ,समान अधिकार प्राप्त गर्नको लागि यस्तै पीडा भोगिरहेका महिलाहरु सम्म आन्दोलन र मुक्ती शीत जोडिएका विषयवस्तु लिएर जानुपर्छ र आम नारिहरी सड्क देखि सदन को नेतृत्व गर्छन् ।तब मात्र यस्ता घट्नाहरुको साथ नारी मुक्ती आन्दोलन सफल हुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?