आइतवार, माघ ५, २०८२

रुपन्देहीको कन्चनमा राष्ट्रिय जनमोर्चाले सुरु गर्यो सदस्यता र संगठन बिस्तार अभियान

 

शंकर प्रसाद पोख्रेल

रुपन्देही हरैया,
राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा सदस्यता अभियानलाई तिब्र पारेको छ।पाटिलाइ क्रान्तिकारी रुपान्तरण गर्ने भन्दै सदस्यता अभियानलाई रुपन्देही जिल्ला भर व्यापक रुपमा बितरण गर्नेअभियान थालिएको  बामपंथी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले बताए। रुपन्देही जिल्लाको कन्चन गाउपालिकामा आज  सदस्यता अभियानको सुरुबात गरिएको र अन्य गाउपालिकार नगरपालिकामा सुरु भौसकेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष टान बहादुर केसीले झिमरुकपोस्टलाइ बताए।

 

लिलाराम खनालको अध्यक्षतमा भएको कार्यक्रममा मा प्रमुख अथिती राजमो जिल्ला अध्यक्ष टान बहादुर केसी रहेका थिए।  भने कार्यक्रममो विशिष्ट अथिती बामपंथी नेता तथा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य थिए। राजमो जिल्ला नेता लाल बहदुर क्षेत्री , हरि राहादी , मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष  चन्द्र बहादुर थापा, रजमो जिल्ला सदस्य तुलसिराम सर्मा लगायतले मन्तव्य राखेका थिए।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसीले ७६ वार्षिय कणदेबी थापालाइ राजमोको सदस्य दिएर कार्यक्रमको उद्घाटन गरेका थिए।

आजै राजमोले  नर बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय तीनकुने टोल समिती गठन गरेको बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?