शनिबार, कार्तिक २३, २०८२ | Saturday 8th November 2025
झिमरुक३का टोल टोलमा राष्ट्रिय जनमोर्चाको संगठन निर्माण
झिमरुक पोस्ट
शुक्रबार, अशोज १२, २०८०
प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं ३ मा राजमोको टोल भेलाहरू सम्पन्न भएका छन् । ऐतिहासिक तीन अभियान अन्तर्गत संगठन निर्माणमा जोड दिएको राजमोले झिमरुकका दुई स्थानमा अलग अलग टोल भेला गरेको हो ।
झिमरुक ३ कोइरालपाटा, आफ्रेखोलामा सम्पन्न टोल भेलाले भीमबहादुर कार्कीको अध्यक्षतामा समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा टोपी परियार, सचिव रमा परियार, सहसचिव बिना परियार र कोषाध्यक्षमा मोहन केसी चयन हुनुभएको छ ।
सदस्यहरुमा रणबहादुर जिसी, खोडसबहादुर एमसी, हुमबहादुर एमसी र कमला विक रहनुभएको छ ।
भेलालाई राजमो झिमरुक गाउँपालिका सचिव खिमबहादुर विक र वडाअध्यक्ष ननराज केसीले सम्बोधन गर्नु भएको थियो ।
त्यसैगरी नब्बे, आहाला, भेडाबारीको भेला बाजाडिहिमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजमो झिमरुकका सचिव एवम वडा नं ३ का इन्चार्ज खिमबहादुर विकले पार्टीले सन्चालन गरेको एतिहासिक तीन अभियानको महत्त्वबारे स्पष्ट पार्दै ठूला र सत्तासिन पार्टीहरुका जनविरोधी र अपरिपक्व नीतिले देशको अस्मिता साम्राज्यवादी अमेरिका र भारतको चङ्गुलमा फस्दै गएको बताउनुभयो ।
उहाँले देशको राष्ट्रियताको रक्षा, भ्रष्टाचारको विरोध र जनजीविकाका लागि राजमोमा गोलबद्ध हुन पनि आम जनतासँग अपिल गर्नुभयो ।
भेलालाई राजमो नेता एवम् ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री र राजमो नेता हरिबहादुर केसीले पनि सम्बोधन गर्नु भएको थियो ।
लोकबहादुर केसीको अध्यक्षता तथा केसरा पोख्रेलको स्वागतबाट अघि बढेको कार्यक्रमको सञ्चालन नवराज केसीले गर्नुभएको थियो ।
भेलामा व्यापक छलफल पश्चात् राजमो ३ नम्बर अध्यक्ष नवराज केसीले नननिर्वाचित समितिको घोषणा गर्नु भएको थियो ।
जसको अध्यक्षमा रामलाल पोख्रेल चयन हुनुभएको छ । यस्तै, उपाध्यक्ष हेमराज पोख्रेल, सचि केसर पोख्रेल, सहसचिव जमुना पोख्रेल र कोषाध्यक्षमा लीला पोख्रेल रहनुभएको छ ।
यस्तै, सदस्यहरुमा बोमबहादुर केसी, पुनम केसी, गोबिन्द बहादुर केसी, टिकाराम पोख्रेल, बसन्ता पोख्रेल, हरिप्रसाद पोख्रेल, महेन्द्र केसी, बिष्ना केसी, कमला सुनार र राधा पोख्रेल चयन हुनुभएको छ ।
सल्लाहकारहरुमा लोकबहादुर केसी, हरिबहादुर केसी, लोकराम पोख्रेल र दुजमान विक रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथी खिमबहादुर विकले बधाई तथा शुभकामना दिनुभएको थियो ।
राष्ट्रिय जनमोर्चा झिमरुकले विभिन्न वडा तथा टोलमा संगठन निर्माण अभियानलाई तीब्रता दिएको छ । पार्टीले सन्चालन गरेको एेतिहासिक तीन अभियान अन्तर्गत जिल्ला, पालिका र वडा समितिहरुको बैठक बसी एक महिने अभियान सुरु गरिएको हो ।