
झिमरुकपोस्ट संवाददाता
१२ असौज , जितपुर कपिलवस्तु
उद्योग ब्यापार संघ , कपिलवस्तु ले भर्खरै मात्र बाणगङ्गा मा कार्यकारी प्रमुख को कार्यभार सम्हाल्न आउनुभयका भक्तिराम मरासिनी लाई आज संघ को आफ्नै कार्यलय मा कार्यक्रम गरि स्वागत तथा संमान गरेको छ ।
बाणगङ्गा का कार्यकारी प्रमुख को रुपमा आउनु भयका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत , सम्मान तथा शुभकामना ब्यक्त गर्दै उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” ले सस्थाको बारेमा सम्क्षिप्त जानकारी गराउदै भन्नुभयो , बाणगङ्गा को आफ्नै पहिचान र गरिमा छ त्यसलाई थप उचाइ मा पुर्याउन यहाँ को योग्यता क्षमता र अनुभव ले सहयोग गर्नेछ भन्ने मा हामी बिस्वस्त छौ , आत्मनिर्भर बाणगङ्गा बनाउने अभियान हामी सदैब साथमा रहदै सहयोग र सहकार्य गर्न प्रतिबद्ध छौ , बाणगङ्गा मा कहिलेकाही देखिने स्वार्थ समूह को चलखेलको प्रसङ्ग कोट्याउदै अध्यक्ष पौडेल ले भन्नुभयो , कहिलेकाही यहाँ केही स्वार्थ समुहहरुले आफ्नो अभिष्ट पुरा गर्न चलखेल गरि निर्णय प्रक्रिया प्रभाबित पार्न खोज्छन त्यसैको परिणाम बिभेदहरुपनी देखिन्छन् , हामी हरेक विभेद को बिरोध गर्दै , योगदान का आधारमा , कार्यक्रम का आधारमा मुल्यांकन गरि समान ब्याबाहार सेवा सुबिधा प्रदान गर्नुपर्छ भन्ने मान्याता राख्छौ , नगर भित्र रहेका हरेक संघ सस्था को सुक्ष्म अध्यन गरि नियमन गर्न , यश नगर क्षेत्र मा रहेका सम्पुर्ण ब्याबसायी को अभिभावक को रुपमा सधै स्मरण रहने गरि समग्र बाणगङ्गा को समृद्धि को मार्गचित्र कोर्न सफलता मिलोस , बाणगङ्गा को बसाइ सुखद , उपलब्धिमुलक र स्मरणीय बनोस हामी हरेक सकारात्मक सामाजिक कार्यको लागि साथ सहयोग र सहकार्यका लागि प्रतिबद्ध छौ ।
नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय महासचिव खेमनारायण पराजुली ले समग्र देसको बर्तमान अबस्था , उद्योगि ब्याबसायिहरुले झेलिरहेका समस्या हरुको चर्चा गर्दै भन्नुभयो , अर्थतन्त्र चलायमान छैन , बजार हरु सुनसान छन , रास्ट्र बैंक समेत ब्याबसायिका मुद्दा मा अनुदार देखियको छ , ब्याबसायिहरु बिस्थापित र पलायन भैरहेको बर्तमान अबस्थामा यश बाणगङ्गा नगर मा सक्षम योग्य तथा निजि क्षेत्र बुझेको अभिभावक आउनु भयको छ , यहाका ब्याबसायिहरुको पिरमर्कामा साथ सहयोग र सहजीकरण गर्नुहुनेछ , त्यसैगरी उद्योग ब्यापार संघ कपिलवस्तु ले आयोजना गर्न लागेको ब्यापार मेला तथा प्रदर्शनी को लागि पनि आबस्यक सहयोग एबम सहजीकरण गर्नुहुनेछ भन्ने पुर्ण बिस्वास लियका छौ , हामी स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण का लागि यहासङ्ग सधैभरी हातेमालो गर्दै सहकार्य गर्न प्रतिबद्ध छौ ।
उद्योग ब्यापार संघ , कपिलवस्तु ले गरेको स्वागत संमान प्रती आभार एबम धन्यवाद ब्यक्त गर्दै प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनी ले भन्नुभयो , यो स्वागत तथा संमान ले आफुलाइ थप जिम्मेवार बनायको आत्मबोध भयको छ , मैले यसलाइ तपाइहरु समृद्ध नगर को लागि सहकार्य गर्न इच्छुक हुनुहुन्छ भन्ने रुपमा बुझेको छु, बाणगङ्गा आफैमा धेरै सम्बाभना बोकेको नगर हो तर ” एक्लो बृहस्पति” हुने अबस्थामा केही गर्न सकिँदैन , यहाका सबै संघ सस्था , निकाय , निजि क्षेत्र , राजनैतिक पार्टी , जनप्रतिनिधि तथा आम नागरिक सबैको चासो र चिन्ता समृद्ध बाणगङ्गा मात्रै हुनेहो भने , सबैको साथ र सहयोग रहेमा केही गर्न सकिन्छ भन्ने बिस्वास लियको छु , तपाईंहरुको उत्सुकता र प्रतिबद्धताले मलाइ उत्साहित र थप हौसला प्रदान गरेको छ , सबैप्रती संमान र समान ब्याबाहार रहने प्रतिबद्धता सहित यहाँ रहुन्जेल र पछि पनि यो न्यानो माया आत्मियता को निरंतरता को अपेक्षा छ ।
उक्त स्वागत तथा संमान कार्यक्रम मा बाणगङ्गा का प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनी ज्यु को बाडगङ्गा बसाइ अत्यन्तै सुखद , उपलब्धिमुलक एबम स्मरणीय रहोस भन्ने शुभकामना सहित स्वागत गरियको कार्यक्रम मा नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय महासचिव खेमनारायण पराजुली को प्रमुख आतिथ्यता थियो भने निबर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्थाका पदाधिकारी एबम सदस्यहरु , सल्लाहकार हरु प्रदेश कमिटी सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रम को संचालन उद्योग ब्यापार संघ , कपिलवस्तु का सदस्य सन्तोस गैरे तथा अध्यक्षता अध्यक्ष खिमानन्द पौडेल ले गर्नुभयको थियो ।











