शुक्रबार, कार्तिक २२, २०८२

झिमरूक काे प्रथम महिला सम्मेलन सम्पन्न,अध्यक्षमा शकुन्तला जिसी

झिमरुकपोस्ट संवाददाता
प्यूठान आश्विन १२ गते ।
अखिल नेपाल महिला संघ झिमरूक गाउँ पालिका समितिकाे प्रथम सम्मेलन पालिका केन्द्र मच्छिमा एैतिहासिक रूपमा सम्पन्न भएको छ।

 

सम्मेलन पूर्व राष्ट्रिय जनमाेर्चा झिमरूककाे पार्टी सम्पर्क कार्यलयबाट निस्केकाे महिला जूलूस विभिन्न गगनभेदी नारा सहित बजार परिक्रमा पछि क्याम्पस हलमा उद्घाटन समारोहमा परिणत भएको थियोे ।प्रथम सम्मेलनको अनेमसंघ कि केन्द्रीय उपाध्यक्ष तथा प्यूठान जिल्ला अध्यक्ष पद्मा पंडितले व्यानर पढेर उद्घाटन गर्नुभयाे।कार्यक्रममा विशिष्ट अतिथि संघ कि केन्द्रीय सचिव तारा जिसी अतिथिहरू नेकपा(मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता का०तिलक जिसी,राजमाे लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पाेख्रेल,जातीय समता समाज प्यूठानका सचिव खेम बहादुर विक,सउदी अरव नेपाली एकता समाजका महासचिव हरि प्रसाद शर्मा, राजमाे प्यूठानका काेषाध्यक्ष तथा पालिका समितिका अध्यक्ष टीका जिसी र अनेमसंघ केन्द्रीय पार्षद तथा गाैमुखी पालिका सचिव तारा पुरीले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । सम्मेलनले शकुन्तला जिसीकाे अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक र सल्लाहकार सहित नयाँ समिति निर्वाचित गरेकाे छ।समितिकाे उपाध्यक्ष खिमा श्रेष्ठ सचिव तुलसा केसी सह सचिव मन्जु एम्सी,काेषाध्यक्ष पशुपति ज्ञावली सदस्यहरू बसन्ता जिसी,संगिता परियार,राधा जिसी,बसन्ता विक,दिलमाया पाेख्रेल,कृष्णा विक,राधा पछाई,कल्पना जिसी,कमला बस्नेत,सिमा विक,रमा परियार, केशरा पाेख्रेल र अन्जना घर्ती मगर रहनु भएको छ।

सल्लाहकारमा कविता जिसी,पार्वता खड्का,गाेमा विक,इन्दु सुनार,कमला रिजाल,दीपा रिजाल,विना विक,गिता महतारा रहनु भएको छ।नव निर्वाचित समितिलाई राजमाे केन्द्रीय सदस्य नारायण जिसीले बधाई दिनुभएको थियोे ।कार्यक्रममा अनेयुसंघ केन्द्रीय सदस्य भरत ढकाल,३नं वडाध्यक्ष मीन बहादुर खत्री र ४नं वडाध्यक्ष सिताराम पाेख्रेलकाे पनि आतिथ्यता रहेकाे थियोे ।कार्यक्रमकाे अध्यक्षता अध्यक्ष बसन्ता जिसी र संचालन सचिव तुलसा केसी र स्वागत बसन्ता केसीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?