
शंकर प्रसाद पोख्रेल रुपन्देही बुटवल
सम्पुर्ण शोसित उत्पीडित महिलाहरु एक हौ
महिला हक अधिकारको लागि संघर्ष गरौ भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ जिल्ला समिती रुपन्देहीको ९औं जिल्ला सम्मेलन राष्ट्रिय जनमोर्चाको पाटी कार्यलय चादबारिमा सम्पन्न भएको छ।
नबौं जिल्ला सम्मेलनको उद्घाटन प्रमुख अथिती पुर्ब सांसद तथा अखिल नेपाल महिला संघकि केन्द्रिय अध्यक्ष मिना पुनले गरिकी थिन।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मिना पुनले अहिले देशको राजनीति जटिल मोडमा पुगेकोले सम्पुर्ण देशबासीहरुले गणतन्त्र जोगाउनको लागि फेरि एकपटक उठ्नुपर्ने बेला भएको बताइन ।पुनले देशका ठूला पाटिहरुले गरेका गलत कामले गर्दा उपलब्धि गुम्ने खतरा रहेको बताइन।
अध्यक्ष पुनले महिला अधिकारको लागि अखिल नेपाल महिला संघ निरन्तर लडाइ लडेकै कारण केही उपलब्धि हासिल गरेपनी ,महिला अधिकारको लागि अझै धेरै उपलब्धि हासिल गर्न संघर्ष गर्नुपर्नेमा जोड दिइन।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलाम ,अखिल नेपाल बुद्धिजीवी संघका सचिबालय सदस्य दुर्गानाथ खरेल कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य ,किसाननेता चन्द्र बहादुर केसी ,राजमो लुम्बिनी प्रदेस कोसाधक्ष गणेश गौतम राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य इन्द्रिरा ज्ञवाली ,राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसी ,जनजाति नेता नारायण पुन ,गोपाल गौरे,मुक्ती सापकोटा ,लाल बहादुर क्षेत्री ,भिमलाल न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन सत्रको अध्यक्षता सान्ता पौडेल स्वागत भासण माया खानाल र संचाल लक्ष्मी कुंवरले गरेकी थिन।
उद्घाटन कार्यक्रम पोछी बन्द सत्रको कार्यक्रम गरिएको थियो
बन्द सत्रले इन्द्रिरा ज्ञवाली ,लक्ष्मी कुंवर ,कल्पना सापकोटा रहेको तीन सदस्य निर्वाचन अध्यक्ष मन्डल गठन गरेको थियो, राजनीतिक तथा संगाठानिक प्रदिबेदन लक्ष्मी कुंवर ,र आर्थिक प्रतिबेदन माया खनानले पेस गरेका थिए ।
सम्मेलनले इन्दिरा ज्ञवालिको अध्यक्षतमा २५ सदिस्य रुपन्देही जिल्ला समिती चयन गरेको छ जस्को उपाध्यक्षमा सान्ता पौडेल ,सचिब लक्ष्मी कुंवर,कोसाधक्ष्य मिनु थापा, स सचिब माया खनाल र सदस्यहरुमा रेनु शिंह ,भुमादेबी खनाल ,बिस्नु पराजुली, धन कुमारी थापा, उमा थापा , बिस्नु थापा, कल्पना सापकोटा ,उमा न्यौपाने ,कपिला आचार्य , र मिरा केसि रहनुभएको छ ।बैकल्पिक सदस्यहरुमा बेदकला भन्डारी ,कमला केसि ,सुनिता कुमारी कुर्मी , देबि आचार्य ,डलु देबि सापकोटा , रहेकाछन।
त्यसै गरि सम्मेलनले पांच सदस्यीय रुपन्देही जिल्ला स्तरीय सल्लाहकार चयन गरेको छ जसमा भानु जिसि,लक्ष्मी घिमिरे,कल्पना मल्ल,बिस्नु कला हिताङ,र गिता बन्जाडे रहेकाछ्न।
नब निर्बाचित समितिलाइ प्रमुख अथिती अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसीले शुभकामना दिएकाथिए।