शुक्रबार, मंसिर १५, २०८०

प्रगतिशील पत्रकार संघ नेपालको ‘संविधान र प्रेस स्वतन्त्रता,भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न

प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रको आयोजनामा ‘संविधान र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार काठमाण्डौ बागबजारको हार्दिक होटलमा सम्पन भएको छ ।

प्रमुख अतिथी नेकपा मसालका प्रवक्ता राम प्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘संविधान र प्रेस स्वतन्त्रता’ विषयमा पत्रकारहरु आफु आवद्घ रहेको संघ संस्थामा रहेर कलम चलाउदा प्रेस स्वतन्त्रतामा रहेर नागरिकको मौलिक हकहितको लागी र स्वतन्त्र भएर कलम चलाउन आग्रह गरेका छन् ।

कार्यक्रममा पत्रकार गंगा बराल, पत्रकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष शेर बहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठन संयोजक कमल बुढा, समाजवादी प्रेस संगठनका उप महासचिव प्रेम गौतम, प्रेस यूनियन केन्द्रका उपाध्यक्ष जिवन भण्डारी, प्रेस सेन्टर केन्द्रका उपाध्यक्ष बिदुर खड्का, नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव गोविन्द चौलागाई लगायतले ‘संविधान र प्रेस स्वतन्त्रता’ विषयमा संविधानमा लेखे पनि पत्रकारहरुलाई पूर्ण स्वतन्त्रता कार्यान्वयन नरहेको बताएका छन् । कार्यक्रममा बिभिन्न पत्रकार संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रिय सदस्य रमेश पौडेलको स्वागत र प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रिय महासचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?