शुक्रबार, मंसिर १५, २०८०

श्री बर्द बहादुर गणको २६१ औ वार्शिकउत्सव प्युठानमा मनाइयो

जुमान सिंह के सी
असोज १३, प्युठान
श्री बर्द बहादुर गण खलंगा प्युठानले आफ्नो बार्शिक स्थापना दिवसको अवसरमा औपचारिक तथा बर्द सास्कृतिक साझ कार्यक्रमको आयोजना गरि मनाएको छ।
२६१औ बार्शिकउत्सव शुक्रबार साझ प्युठानको खलंगा स्थित आफ्नै ब्यारेकमा कार्यक्रमको आयोजना गरि भब्य तथा सभ्य रुपमा मनाएको हो।

बर्द बहादुर गणले नेपाल एकीकरणको अभियानमा कृतिपुर, कान्तिपुर, ललितपुर र भक्तपुरका लडाइँमा बिरता पुर्वक लडि बिजय हासिल गरी छुट्टै पहिचान बनाएर इतिहास कायम गरेको हो।
बि स २०३१ शालमा इलाम तथा मेचीपारिका भु भागहरुमा कब्जा जमाउदै अफ्नो बहादुरी प्रदशन गर्न सफल भएको प्रमुख सेनानी रमेश थापाले जानकारी दिनु भएको थियो।
इ.स.१९१४र १९३९ मा बिश्वयुद्ध र दुतिय बिश्वयुद्दमा देराधुन र बर्मामा तैनाथ रहि गणले लडाइँ लडि सफलता प्राप्त गरेको इतिहास रहेको छ।
गणले इ.स. १९४८ मा भारतमा उत्पन्न भएको हिन्दु, मुस्लिम दङा नियन्त्रणमा सफलता हासिल गरेको साथै गणले सन्युक्त रास्ट्रसंघको आव्हानमा शान्ति सुरक्षामा नेपालको तर्फबाट सहभागी रहि कृति कायम गर्न सफल भएको छ।
गणले राष्ट्रियसुरक्षा, बिपत ब्यबस्थापन, उद्धर र परिचालन, शान्ति सुरक्षा लगाएतका कार्यमा निरन्तर कार्य गर्दै आइरहेको प्रमुख सेनानी रमेश थापाले जानकारी दिनु भयो।
बार्शिक उत्सव कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि सीले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो साथै उहाँले सरोकारवाला निकायका बिचमा समन्वय सहकार्य गरि काम गरेकोले गणको प्रसंशा गर्नु भएको थियो।
कार्यक्रममा गणले गरेका मुख्य कार्यहरु, इतिहास र उपस्थित महानुभाव हरुलाई स्वागत प्रमुख सेनानी रमेश थापाले जानकारी गराउनु भएको थियो।
उक्त कार्यक्रममा विभिन्न किसिमका गित, नृत्यनाटक प्रस्तुति देखाइएको थियो।
उत्सव कार्यक्रममा जिल्ला स्थिति स्थानीय तहका प्रमुख उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, संघ सस्थाका प्रमुख, पत्रकार लगाएतको उल्लेख्य सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?