बिहिबार, भदौ २६, २०८२

चंडिगढमा मूल प्रवाहको तिजि कार्यक्रम समिक्षा कार्यक्रम सम्पन्न

 

खिमराज चालिसे चंडिगढ
०१ अक्टूबर २०२३

मूल प्रवाह चंडिगढ नगरले प्रगतिशिल तिज २०८० को कार्यक्रम समिक्षा सम्पुर्ण स्तरका कार्यक्रताहरुको सहभागीतामा आज आइतवार १ अक्टुबर २०२३ को गरेको छ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघियता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको साथ १७ सेप्टेम्बरको सम्पन्न तिजको समिक्षा गर्दै मूल प्रवाहले कार्यक्रम भव्य र अनुशासित रुपमा सफल भएको ठहर गरेको छ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रिय सदस्य जुना चालिसे, सास्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, मूल प्रवाह केन्द्रीय परिषद सदस्य थमन थापा, नगर संयोजक माया आचार्य, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला सदस्य बिष्णु आचार्य, राजमो कोहलपुरका बालाराम न्यौपाने, विद्यार्थी संघका नारायण आचार्य, कलाकार सागर जीएम, जमुना खनाल, मधु सुवेदी, माया नेपाली लगाएतले समिक्षा गर्दै कार्यक्रमलाई सम्वोधन गर्नु भएको हो।

नगर समितिका पुर्व अध्यक्ष बिष्णु आचार्य र उपाध्यक्ष बालाराम न्यौपानेलाई टिका, माला र खादा लगाएर सम्मान समेत गरिएको सो कार्यक्रम नगर सचिव तेज बहादुर रोकाको संचालन मा तथा नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कलाकार एंव थानेश्वर पान्डेले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?