बुधबार, भदौ २५, २०८२

गौमुखीमा भलिबल तथा सास्कृतिक कार्यक्रम हुँदै, जिल्लाकै ठूलो पुरुस्कारराशी

जुमान सिंह के सी
असोज १६, प्युठान
प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।
ठुलाबेसी सामुदायिक बिकास मंच गौमुखीको आयोजनामा कर्यक्रम सन्चालन गर्न लागिएको हो। हामी सबैको एकता, सामाजिक कार्यमा सबैको प्रतिबद्धता भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको छ।


गौमुखी गाउँपालिका बिकासको दृस्ठिकोण तथा पहुँचमा पछाडी परेको भएता पनि प्राकृतिक तथा सास्कृतिक रुपमा राम्रो मानिन्छ।
बिगतका वर्षको जस्तै स्थानीय युवाहरुको सक्रियतामा भलिबल तथा विविध सास्कृतिक कार्यक्रम यस वर्षपनि निरंतरता दिने निर्णय भएको सस्थाका अध्यक्ष रबि चन्दले बताउनु भयो ” उहाँले भन्नुभयो बिगतका वर्षहरुमा पनि हामीले विभिन्न कार्यक्रमहरु गर्दै आयौं अब यसलाई निरंतरता दिन जरुरी देख्यौं त्यसैले हामीले यो वर्षपनि दशै विशेषको अवसरमा जिल्लाकै इतिहासमा ठूलो धनराशी एकलाख तेत्तीस हजार तिनसय तेत्तीसको प्रथम पुरुस्कारको ब्यबस्था गरि खुल्ला भलिबल प्रतियोगिता राखेका छौं साथै अन्य कार्यक्रमपनि रहेका छन”।
दशै बिशेष कार्यक्रम २०८० मा अन्य!कार्यक्रमको साथमा दुर्गम गाउँबस्तीका बिपन्न वर्गलाई लक्ष्यित गरि निशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिने सस्थाका सचिव केशव बहादुर के सीले जानकारी दिनु भयो” उहाँले भन्नुभयो निमतारा पोलिक्लिनिक बिजुवार प्युठानसंगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गर्ने सहमति गरेका छौँ”।

आउँदो कार्तिक २ देखि ४ गते तीन सम्म चल्ने कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य,म्युजिकल चियर, सोलोबाइक रेस र स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहने उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनु भयो।
दशै विशेष कार्यक्रमको लागि हामीसंग अर्थिक स्रोत छैन तर गौमुखी गाउँपालिका,अन्य संघसस्था, व्यावसायि, स्थानीयबजारबासी, सुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरि कार्यक्रम संचालन गर्ने योजना रहेको कोषध्यक्ष महेन्द्र चन्दले जानकारी दिनु भएको छ।
स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक भावना कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?