
जुमान सिंह के सी
असोज १६, प्युठान
अखिल नेपाल शिक्षक संघ प्युठानको स्थापना दिवसमा निवृत शिक्षक सम्मान गरिएको छ।
३८ औं स्थापना दिवसको अवसरमा निवृत शिक्षकहरुलाई एक कार्यक्रमको आयोजाना गरि सम्मान गरिएको संघका अध्यक्ष अर्जुन बहादुर के सी ले जानकारी दिनु भएको छ।
स्थापना दिवसको अवसरमा प्युठान जिल्लाबाट एकबर्ष भित्र सेवा निवृत्त भएका शिक्षकहरू २४ जाना रहेकोमा १३ जना उपस्थित भएका शिक्षकलाई सम्मान गरी आफ्नो स्थापना दिवस सम्पन्न गरेको सचीव धुर्व गिरीले जानकारी दिनु भयो।
अखिल नेपाल शिक्षक संघ जिल्ला समिति प्युठानका अध्यक्ष अर्जुनबहादुर के सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुखअतिथि अखिल नेपाल शिक्षक संघका संस्थापक सदस्य बोमबहादुर खत्रीले शिक्षकोको समाजमा महत्त्वपूर्ण भुमिका हुने गरे पनि राज्यले उचित सम्मान तथा ब्यबस्थापन गर्न नसकेको उल्लेख गर्नु भयो। “उहाँले शिक्षकहरु भनेका बौद्धिक जनशक्ति हुन उनिहरुलाई उचित सम्मान दिन जरुरी छ”
तेस्तै राष्ट्रिय समिति महासचिब चक्रपाणी पौडेलले शिक्षामा राज्यले लगानी गर्न हिचकिचाई रहेको भन्दै आज शिक्षाक्षत्र दिनानुदिन खस्किदै गएको छ सरकार गम्भीर नभए शिक्षाक्षत्र धोस्त हुन सक्ने बताउनु भयो। शिक्षकका जाहेजमाग तुरुन्त सम्बोधन गर्न समेत सरकार समक्ष जोडदार माग गर्नु भएको थियो।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सचिब कल्याण खड्का, राष्ट्रिय समिति सचिब बालाराम पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सम्मानित हुने शिक्षकको तर्फबाट दुर्गाबहादुर थापा र योगेन्द्र जि सी ले आफ्नो अनुभुति मन्तव्य राख्नुभएको थियो ।
समितिका उपाध्यक्ष डम्मरबहादुर जिसीको स्वागत मन्तव्यबाट रहेको कार्यक्रमको सन्चालन सचिब ध्रुव गिरीले गर्नुभएको थियो ।
प्युठान जिल्लाको बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखोलामा कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।