काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्य अस्वस्थ हुनुभएको छ ।
पार्टीको तीनमहिने अभियान “जनतासँग माओवादी” कार्यक्रमअन्तर्गत अछाम पुग्नुभएका आचार्य अचानक अस्वस्थ हुनुभएको छ ।
२०८० असोज १७ गते बुधबार बिहान टाउकोमा समस्या देखिएसँगै उहाँको अचानक बोली बन्द भएको थियो । त्यससँगै शरीरको दाहिने भाग नचलेपछि उहाँलाई प्यारालाइसिस भएको आशङ्का गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएलगत्तै उहाँलाई पहिला अछामकै बयलपाटा अस्पतालमा सामान्य चेकजाँच गरिएको थियो । त्यसलगत्तै उहाँलाई बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई काठमाडौँ ल्याएर वीर अस्पतालमा भर्ना गरिएको छ ।
महामन्त्री सिंहद्वारा स्वास्थ्यलाभको कामना
यसैबिच, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आचार्य अस्वस्थ हुनुभएकोमा स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
आजै संक्षिप्त प्रेसवक्तव्य जारी गर्दै उहाँले स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
महामन्त्री सिंहले वक्तव्यमा भन्नुभएको छ : “नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्य अचानक अस्वस्थ भएको समाचार प्राप्त भएको छ । हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”