आइतवार, फाल्गुन ३, २०८२

ऐतिहासिक खांची क्षेत्रको तिनपाने लेक चुनढुङ्गा उत्खननले कुरुप बन्दै

 

केसबराज ज्ञावलि
अर्घाखाँची
माहाभारत चुरे श्रृङखला अन्तरगतको धार्मिक तथा पर्यटकिय खांची क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । सिमित ब्यक्ती तथा कम्पनिको आर्थिक फाइदाको लागि निरन्तर गरिएको प्रकृतिको दोहननै यसको मुख्य कारण देखिएको छ । सुन्दर खांचिकोटको तिनपाने लेकमा गरिएको चुनढुङ्गा उत्खनन् यस क्षेत्रको लागि भबिस्यमा घातक बन्न सक्ने देखिएको छ ।
औद्योगिकिकरणको बहानामा तिनपानेमा उत्खनन् कार्य जारी छ । धार्मिक तथा प्राकृतिक सौन्दर्यता र प्रचुर पर्यटकिय संभावना बोकेको यश क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै जानुमा जिल्लाका जनप्रतिनिधी र केही टाठा बाठा स्थानियहरुको लाचारिपना देखिएको छ ।
केही बर्ष अगाडि पनि नरपानीमा गरिएको उत्खनन् कार्य स्थानियको अग्रसरतामा व्यापक बिरोध पछि बन्द गरिएको थियो । तर तिनपाने लेकमा तेस्तो हुन सकेको छैन । खानी संचालकले केहिलाइ विभिन्न प्रलोभनमा कब्जामा पार्न सफल भएकोले विभिन्न बिरोधका कार्यक्रमले पुर्णता पाउन सकेका छैनन ।
अर्घाखाँची डटकमको विशेष टिम तिनपाने आसपासको क्षेत्र लाकुरी चौर , खांची मैदान, बागमारा लगायतका स्थानहरुमा पुग्दा धेरै स्थानिय हरु चिन्तित देखिएका छन ।खानी संचालकले मापदण्ड पूरा नगरेको बाचा अनुसार प्रतिबद्धता पूरा नगरेको उनिहरुको गुनासो छ ।
खानी क्षेत्रबाट चौबिसै घण्टा आउने ध्वनि प्रदुषणले आफ्ना नाति नातिनाहरु भबिस्यमा बहिरा हुने हुनकी भन्ने चिन्ता रहेको स्थानिय हेमलाल पुरिले गुनासो गरे । बिगत छ / सात बर्ष देखि चुनढुङ्गा खानी बाट निस्किएको धुलोका कारण खेतिपाती पुर्ण रुपमा नस्ट भएको उनको भनाइ छ ।पहिलेका दिनहरुमा आफू अग्रमोर्चामा आएर उत्खननको बिरोध गर्दा पिटाइ खाएर ढाडको हड्डिमा असर परेको पनि उनले बताए ।
येता संबन्धित वार्ड तथा नगर प्रतिनिधि , सघिंय तथा प्रदेश प्रतिनिधिहरु पनि यश बिषयमा स्पस्ट धारणा दिन सकेका छैनन ।”उनिहरु यहाँ बस्ने हैनन खानी संचालकबाट नबोल्ने शर्तमा मोटो रकम लिएका छन तेसैले बोल्दैनन ” एक स्थानियले नाम उल्लेख नगर्ने शर्तमा भने ।
सरकारले सय गन्तव्य सुचिमा सुचिकृत गरेको सुपा देउराली नजिकैको यो सुन्दर क्षेत्रबाट खानी भन्दा पर्यटकिय पुर्वाधार बिकास गर्ने हो भने प्रकृतिको संरक्षण गर्दै मनग्य आर्थिक फाइदा पनि लिन सक्ने देखिन्छ तर त्यस तर्फ कसैको ध्यान नजानु बिडम्बना भएको छ ।
मसिनाको लेक , खांची मैदान , नरपानी , कालिकाठी र पणेना क्षेत्रको लेक समेट्ने र यसलाइ पदमार्गको रुपमा बिकास गर्ने भाषण पनि स्थानिय र जिल्ला स्तरका नेताहरुको मुखबाट सुनिएको छ तर यसो भनिरहदा तेहि पदमार्गको बिचमा पर्ने स्थान कुरुप हुँदै गैरहेको तर्फ कसैको ध्यान नजानु आश्चर्यको बिषय बनेको छ ।
हुनत खानी संचालकले सरकार संग लाइसेन्स लिएर कार्य गरेको हुन्छ तर पनि निश्चित मापदण्ड त पूरा गर्नुपर्ने हुन्छ तर त्यहाँ तेसो भएको देखिदैन । स्थानियहरुले प्रभावित र अति प्रभावितको रुपमा पाउने क्षतिपूर्ति पनि सम्झौता बमोजिम नभएको गुनासो गरे । चार पाच बर्षमा प्रती घरबार जम्मा चौध हजार पाएको हेमलाल पुरिको भनाइ छ ।
चौबिसै घन्टाको ध्वनी प्रदुषण , टिप्पर आतंक , अनि खानी क्षेत्र बाट निस्किएको धुलोले बर्ष भरी खाने खेतिको सत्यनास भएको छ केहि सिमितलाइ मात्रै फाइदा गराउदै भबिस्यमा ठूलो प्राकृतिक संकट निम्त्याउने यो खानी सदाका लागि बन्द गरिनुपर्छ भन्ने स्थानियहरुको माग रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal