बिहिबार, भदौ २६, २०८२

बागलुङको धम्जामा राजमोको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

झिमरुक संवाददाता

राष्ट्रिय जनमाेर्चा धम्जाका अग्रज ब्यक्तित्व तथा राष्ट्रिय जनमाेर्चा धम्जाका अध्यक्ष निरज कुमार बिक र राष्ट्रिय जनमाेर्चाका सक्रिय कार्यकर्ता बलेन्द्र कुमार बिककाे बाबा काठेखाेला ३ धम्जा निवासी पृथीलाल सुनारकाे मिति २०८०/६/२३ गते ७२ बर्षकाे उमेरमा उपचारकाे क्रममा भएको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै २०८० असाेज २८ गते पाचौं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सदस्य टीका संगम बिकले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमाेर्चा जिल्ला सल्लाहकार अर्जुन खत्री, जिल्ला सदस्य रिम बहादुर थापा, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, अखिल नेपाल भुपु सैनिक संघ बागलुङका थिर बहादुर राना, रा.ज.माे. काठेखाेला गाउँसमिति उपाध्यक्ष पुर्ण बहादुर थापा, काेषाध्यक्ष बिष्णु कडेल, राजमाे तंग्रामकाे सदस्य नर बहादुर थापा, राजमाे धम्जाका उपाध्यक्ष हस्त बहादुर राेका लगायतले श्रद्धाञ्जली दिनु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?