शनिबार, साउन १२, २०८१

गजल

  • राजनीति को फोहर बग्ने कुनै नाली भेटिन्छ कि
    खोज युवा बिकासको, ठाउँ खालि भेटिन्छ कि

देश फेर्ने युवासारा बिदेशीको गल्लीमा छन्
आफ्नै देशमा कर्तव्यको, खोजे थालि भेटिन्छ कि

एकतामा जुट भन्छ समयले हामी लाई
कालो बादल फाटी कतै घामको लाली भेटिन्छ कि

हक आफै लिनुपर्छ, आफू बाँच्ने खोसेर नि
खोज तिमी आफ्नो खेत, जोत्ने फाली भेटिन्छ कि

धनि हामी रसाउछ , जल श्रोत यी हिमालमा
खेर जाने पानी रोक्ने, त्यस्तो आली भेटिन्छ कि
राम प्रसाद गैरे पाल्पाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal