
- रवि पौडेल
देश खाईसके यहाँ ब्वाँसाहरुले
प्रस्न चिन्ह अाएकाे छ ।
रास्टियता गुमिसक्याे यहाँ
अाँखा चिम्लेर बसेकाे छ ।
कालापानी लिपुलेख ,लिमणपियाधुरा
गुमिसक्याे ,
दक्षिण ले हेपेकाे छ ,कालापानी हेर
अहिले पनि बाटो खनेकै छ
केही दिनमा जाेड्छ
हामी भने चुच्चे नक्सा भन्दै रमाउछाै
हेर्दाहेर्दै कहिले हामी देशै गुमाउछाै
सुस्ता र कञ्चनपुर मा सास्ति छ
शुदुरपस्चिम का सबै जिल्ला हरु
दवाई नपाएर राेएकाे छ ।
संस्कार संस्कृत धमिलिदै गएकाे छ
सत्ता स्वार्थमा नेताहरू राेमलिदै गएको छ
संबिधान कुल्चदै हिडेकाे छ
कानुन माैन बनी डुलेकाे छ
प्रस्न चिन्ह खडा भएको छ ?
संविधान लेख्ने ती हातहरु
कुहिनाे बाट भाँचिएको छ
गणतन्त्र र लाेकतन्त्र का अक्षर हरु
हराउने सम्भावना बढेको छ
प्रस्न खडा भएको छ ?
बिकृति बिसंगति बड्दै गए
भस्टाचार माैलाएकाे छ
जुन ब्वाँसा लाई धुरिमा पुर्याए
अहिले त्यहि बाैलाएकाे छ
प्रन खडा भएको छ ?
सुन्दर प्रकृतिको खेलवाड गर्दै
ब्वाँसाहरु खेलिरहे
अघिकाे मात्र हेर्दै गर्दा
पछिबाट पेलिरहे ,अरुले नै घेरिरहे
प्रस्न चिन्ह अाएकाे छ ?
ब्वाँसाहरु लाई ठेगान लगाउन
कम्मर कसि उठ्नु पर्छ
युवाहरु अन्तिममा याे संसार तिम्रो हाे
मुठ्ठी उठाई जुट्नु पर्छ
मुठी उठाई जुट्नु पर्छ
प्रस्न अाएकाे छ ?
धन्यवाद ,
रबि पाैडेल ,पाण्डेचरि
मिति : २९/०३/२०२१